Smoking Causes Cancer

गुल्मीका यस्ता वडा सदस्य जसले वडाको काम संगै निःशुल्क एम्बुलेन्स चलाउछन्



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीका एक जना वडा सदस्यले वडाको काम संगै स्वास्थ्य चौकीको एम्बुलेन्स निःशुल्क रुपमा चलाउदै आएका छन्। जिल्लाको मालिका गाउँपालिका ३ ह्वाङ्दीका वडा सदस्य सुर्य थापाले आफू वडा सदस्यमा निर्वाचित भैइसकेपछि पनि निरन्तर एम्बुलेन्स चलाईरहेका छन।

वडा सदस्य बन्नु पुर्व पनि थापाले सोही अर्थात ह्वाङ्दी स्वास्थ्य चौकीको एम्बुलेन्स चलाउदै आएका थिए। गाउँमा एम्बुलेन्स चलाउने ड्राइभरको अभाव भएपछि थापाले एम्बुलेन्स चलाईरहेको वडा अध्यक्ष ज्ञान कुमार बुढा मगरले बताए।

गाउँमा बिरामीले दु:ख पाउने, एम्बुलेन्स त्यतिकै थन्कने अवस्था आए पछि वडाको काम संगै निःशुल्क एम्बुलेन्स चलाईरहेको थापाले बताए। उनले भने, “महिले वडाले दिने सेवा सुविधा लिएको छु तर एम्बुलेन्स चलाए बापत स्वास्थ्य चौकीबाट कुनै पनि सेवा लिएको छैन।”

सिंचाई
Forest
Ad.

साथै थापाले थपे, “स्वास्थ्य चौकीमा एम्बुलेन्स घाटामा छ त्यसकारण कसैले एम्बुलेन्स चलाउन मान्दैन तर महिले जनताले दुख नपाउन भनेर निःशुल्क एम्बुलेन्स चलाई रहेको छु।”

वडाको काम संगै एम्बुलेन्स दिनरात नभनी चलाउनु पर्ने बाध्यता भएका कारण स्थानीय सरकारले आफुलाई केही प्रोत्साहन गरे हौसला मिल्ने अपेक्षा थापाले गरेका छन।

यता स्थानीय सरकारले पनि सुर्य थापाले गरेको कार्यको उचित मुल्यांकन गर्दै प्रोत्साहनमुलक केही काम गर्ने सोच बनाएको गाउँपालिकाका प्रवक्ता ज्ञान कुमार बुढाले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया