Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा पहिलो वामीटक्सारमा खुल्यो व्यायामशाला ‘वामी फिटनेस हब’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सारमा पहिलो व्यायामशाला वामी फिटनेस हबको उद्घाटन गरिएको छ। मुसिकोट नगरपालिका-७, वामीटक्सार स्थित बजाज शोरुम र मदुस क्याफे रहेको भवनमा यो जिमखाना सञ्चालनमा आएको हो।

स्वस्थ जीवनका लागि शारीरिक तन्दुरुस्ती अनिवार्य सर्त भएकोले व्यायामको ठूलो महत्व छ। पछिल्लो समय जङ्कफुडको अत्यधिक प्रयोग र व्यायामको कमीका कारण उच्च रक्तचाप, मुटुको रोग, मोटोपन, मधुमेह आदि रोगी बढ्दै गएको पाइन्छ। यस्ता रोगहरुबाट बच्न पनि नियमित व्यायामको आवश्यकता बढ्दै गएको छ।

सिंचाई
Forest
Ad.

यसैलाई मध्यनजर गर्दै व्यायामको महत्व सम्बन्धी जनचेतनाका लागि पनि व्यायामशालाको व्यवस्था गर्न लागिएको व्यवस्थापक विराट श्रेष्ठले बताउनुभयो। उचित किसिमको व्यायामलाई बानी बनाउने हो भने धेरै रोगहरुबाट बच्नुका साथै सुन्दरता पनि बढ्ने भएकोले प्रशिक्षकको निगरानीमा नियमित व्यायाम गर्न पनि उहाँको आग्रह छ।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया