महेश बोहरा, गुल्मी: गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले निःशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। नागरिकहरुको स्वास्थ्यको ख्याल राख्दै यही पौष १ र २ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। गाउँपालिकाले नागरिकको सहजताका लागी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ।
उक्त स्वास्थ्य शिविरमा मुटुरोग सम्बन्धी चेक जाँच तथा उपचार, आखाँ जाँच तथा शल्यक्रिया र उपचार, मृगौला सम्बन्धी जाँच तथा उपचार र स्त्री रोग सम्बन्धी जाँच तथा उपचार हुने छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा एकीकृत जनस्वास्थ्य अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सर जाँच, सेतो पानी बग्ने समस्याको उपचार, पाठेघर खसेकोमा रिङ्ग पेसरी राख्ने, आइ.यू.सि.डि. र इम्लान्ट राख्ने लगायतका सेवा तथा सुविधा प्रदान गरिने छ।
उक्त शिविरमा आवश्यक पर्ने सबै औषधीहरु निःशुल्क रुपमा वितरण समेत गरिने छ। सो स्वास्थ्य शिविरमा बिशेषज्ञ डाक्टर मन बहादुर केसी वरिष्ठ मृटृरोग विशेषज्ञ, डाक्टर गौरव पन्थ, वरिष्ठ मृगौलारोग विशेषज्ञ, डाक्टर नन्दु पाठक वरिष्ठ जनरल फिजिसीयन विशेषज्ञ, डाक्टर गोविन्द प्रधान जनलर फिजिसीयन डाक्डरहरुबाट बिरामीहरुको चेकजाँच गरिने छ। गाउँपालिका कार्यपालिकाको भवनमा शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालले जानकारी दिए।
अन्य आवश्यक जानकारीका लागी गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्ने सकिने छ । सार्वजनिक स्वास्थ्यमा गाउँपालिकाको सरोकार हुने हुदाँ स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए। उनले सबै जनतालाई स्वास्थ्य शिविरमा सहभागी भई मौकाको फाइदा लिन समेत आग्रह गरेका छन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







