सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले पालिकाभित्र रहेका नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गरिरहेकाे छ। गाउँपालिकाले नागरिकको आँखाको निःशुल्क शल्यक्रिया गरेपछि स्थानीयले राहत महसुस गरेका छन।
इस्मा ५ का मन बहादुर कुँवरले पालिकाले निःशुल्क आँखाको शल्यक्रिया गरिदिएपछि आफुहरुलाइ अत्यन्तै राहत भएको बताए। उनले भने ‘आखाको शल्यक्रिया सित्तैमा भयो। अब अरुले झैँ राम्ररी देख्न र हेर्न पाउँने भएँ।’ आखाको ज्याेति पुन: पाएपछि खुसि हुँदै उनी आफ्ना नातिको हात समाइ घर फर्किए।
एकजनाको आखाकाे शल्यक्रिया गर्न ७ हजार बढि रकम लाग्ने गर्दछ। धनी व्याक्तिलाइ याे रकम धेरै नभए पनि सामान्य नागरिकलाई याे रकम धेरै नै हुने गर्दछ। शल्यक्रिया गर्दा लाग्ने रकम पालिकाले तिरिदिएपछि आफुलाई निकै राहात मिलेको इस्मा ४ कि ६४ बर्षिय उमा दर्जीले बताइन्।
उमेर बुढेसकालमा प्रवेश गरेपछि शरिरका विभिन्न अङ्गले काम गर्ने छाड्छन । त्यस्तै आखामा मतियाविन्दु , रतन्धाे जस्ता राेगले सताउँने गर्छन् । मतियाबिन्दुकाे शल्यक्रिया गाउँपालिकाले निशुल्क गरिदिने भएपछि आम नागरिकमा हाैसला थपिएको छ । जिल्ला आँखा उपचार केन्द्र र इस्मा गाउँपालिका बिच सम्झौता भए बमाेजिम याे कार्यक्रम अगाडि बढेको आँखा अस्पतालका कार्यालय प्रमुख सुर्य बस्नेतले बताएका छन।
अहिलेसम्म १७ जना वृद्धवृद्धाहरुकाे निःशुल्क आँखाको शल्यक्रिया गरिएको आँखा अस्पतालका कार्यालय प्रमुख सुर्य बस्नेतले बताएका छन्। इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले गाउँपालिकाका जनताकाे आखाको शल्यक्रिया गर्न नेपाल नेत्र ज्याेति संघ गुल्मी संग सम्झौता गरेको र निशुल्क राहात लिन सबैलाई आग्रह गरेकाे बताएका छन । उनले गाउँपालिकाका जनताको स्वास्थ्यकाे निम्ति सधैं सकारात्मक कार्य गर्ने बताए।
त्यस्तै गाउँपालिका उपाध्यक्ष पार्वति कुँवरले याे निरन्तर चल्ने भएकाले आखाको समस्या हुने इस्मालिले आफुलाइ समय मिलाएर जिल्ला आँखा अस्पताल तम्घास गएर सेवा लिन अनुरोध गरेकी छन्। -सेतोमसी
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








