Hi-Speed Computer

Awareness Campaign

बिचौलियाकै हातमा हाटबजार, कृषक र उपभोक्तालाई सधैँ मार



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: किसानले अझै पनि उत्पादन अनुसारको मूल्य र बजार पाएका छैनन्। बजारमा व्यावासायी चोक अनुसार मनलाग्दी मुल्य गर्छन्। कृषि उत्पादनको मुल्य उत्पादकबाट उपभोक्तासम्म पुग्दा ५० प्रतिशतले बढ्छ । जसका कारण कृषक र उपभोक्ता सधै बिचौलियाको मारमा छन्। सरकारले कृषि उत्पादनको बजार र मुल्यको ग्यारेण्टि गर्न सकिरहेको छैन । सरकारी स्तरबाट संचालन भएका योजनाहरु र संयन्त्रहरु दिर्घकालिन र गुणस्तरिय छैनन्!

रेसुंगा नगरपालिकासंग दिर्घकालिन योजना नहुँदा हाटबजारको त्यहि अवस्था रहेको छ । सात महिनादेखि बन्द भएर पार्किङ्ग स्थल बनेको हाटबजार अहिले फेरि संचालन आएको छ । खोल्ने र बन्द गर्ने नगरको मजाकसंग उपभोक्ताको नयाँ आशा छैन् । उत्पादक र उपभोक्ताबिचको मुल्य कम गरेर बिचौलियाको अन्त्य र कृषि उत्पादनको बजारीकरणको पूर्ण ग्यारेण्टी गर्न हाटबजार संचालन गरिएको हो । हाटबजारको लागि विभिन्न तह र निकायको दुई करोड बढिको खर्च भएको छ।

०७५ सालबाट संचालन आएको आधुनिक हाटबजार सुरुमा नगर आफैले संचालन गर्यो । हाटबजार संचालन भएपछि केहि समय कृषकहरु निकै उत्साहित भए । नगरकै गाडी गाउँ पुगेर कृषि उत्पादन खरिद गर्न थाल्यो । स्वयम किसानले पनि व्यावसायीलाई बिचौलिया भनेर आलोचना गर्न थाले । तर, नगरले दिर्घकालिन रुपमा हाटबजार संचालन गर्न सकेन । पटक–पटक हाटबजार बन्द पनि हुँदै आयो।

Forest
Forest
Ad.

व्यावसायीले नै हाटबजार संचालन गर्दै

संचालन गर्न नसकेर दुई पटक बन्द भएपछि रेसुंगा नगरपालिकाले तरकारी तथा फलफुल व्यावसायी संघलाई हाटबजार सुम्पेको छ । संघका अध्यक्ष धनबहादुर रानाले तत्काल शनिबार मात्रै र निर्वाचनपछि दैनिक हाटबजार संचालन गर्ने बताए । उत्पादकबाट कृषि वस्तु उपभोक्तासम्म पुराउन कोहि न कोहि मध्येस्तकर्ता आवश्यक पर्ने भएकाले बिचमा कमिशन खाएर काम गर्ने व्यावसायीलाई बिचौलिया भन्नु ठुलो कुरा नभएको बताए ।

‘सुरुमा बिचौलिया भने व्यावसायीले टुलुटुल हाटबजार हेरेर बसियो। अहिले आफैले काम गर्दैछौ,’ उनले भने, ‘धेरै बेच्ने र कम नाफा कमाउने उदेश्यले हाटबजार संचालन गरेका छौ ।’ हाटबजार संचालन गर्ने तरकारी तथा फलफुल व्यावसायीका आफ्नै व्याबसाय छन् । उनीहरुले हाटबजारमा आफ्नो व्यावसाय डुवाएर हाटबजारमा सस्तोमा कृषि उत्पादन बिक्री गर्नेमा उपभोक्ताहरुमा शंका छ । तरकारी तथा फलफुल व्यावसायी संघका अध्यक्ष राना आफैले स्वभाविक रुपमा हाटबजारमा भन्दा व्यावसायीको पसलमा १०/१५ रुपैयाँ बढि मुल्य हुने बताउँछन्।

दिर्घकालिन योजना नहुँदा पटक-पटक बन्द

Awareness by SKF

कृषि कर्मलाई प्रोत्साहन गर्ने, कृषकलाई उत्पादनको उचित मुल्यसहित बजारीकरणमा टेवा पुराउने तथा उपभोक्तालाई कम मुल्यमा गुणस्तरिय कृषि उत्पादनको उपयोगका निम्ती हाटबजार संचालन गरिएको हो । तर, हाटबजारको ठोस योजना नहुँदा संचालनमा चुनौति देखिएको अगुवा कृषक बिनोद कुवंरले बताए । हाटबजार व्यावसायीलाई दिएपछि नगर र व्यावसायीलाई केहि फाइदा भएपनि किसान र उपभोक्तालाई केहि नहुने कुवंरले बताए।

‘सुरुमा व्यावासायीलाई बिचौलिया भन्दै कृषि उत्पादन बोकेर हाटबजार पुग्ने हामीनै हो । अहिले उनीहरुकै हातमा हाटबजार पुग्यो,’उनले भने,‘किसानको लागि खास दिर्घकालिन योजना भएनन्, नगर र व्यावसायीले आफ्नो मात्रै फाइदा हेरे ।’ उनले अझै पनि कृषकको कृषि उत्पादनको मुल्य नदिने तर बजारमा दोब्बर मूल्यमा बिक्री प्रवृति भएकाले केहि आशा नभएका बताए।

नगर र संघबिच दुई बर्षे सम्झौता

रेसुंगा नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमका अनुसार नगर र संघबिच दुई बर्षको लागि संचालनको सम्झौता भएको छ । त्यो बापत संघले सुरुको दुई महिना निःशुल्क, त्यसपछिको चार महिना प्रति महिना २० हजार र त्यसपछिको प्रति महिना ४० हजारका दरले संघले नगरपालिकालाई भाडा बुझाउने सहमति भएको गौतमले जानकारी दिए । हाटबजारको बिजुली र पानीको शुल्क भने तरकारी तथा फलफूल व्यवसायी संघल व्यहोर्नुपर्नेछ । गौतमले आफुहरु पनि पर्ख र हेरको स्थितीमा रहेकाले छोटो अवधीको सम्झौता गरिएको बताए।

वर्तमान र पुर्व मेयरका आ-आफ्नै तर्क

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले हाटबजार संचालनको जिम्मा तरकारी तथा फलफुल व्यावसायी संघलाई दिएपनि नगरपालिकाले नियमित अनुगमन गरेर समस्याहरुको सुधार गर्ने बताए । नीजि क्षेत्रको प्रवेशले कृषक र उपभोक्तालाई कुनै समस्या नपर्ने गरेर सहजीकरण गरिने पन्थीको भनाई छ।

पुर्व मेयर डिल्लीराज भुसालले नगरपालिकाले व्यावसायीलाई हाटबजार संचालन गर्न दिएको प्रति आपत्ती जनाए। उनले आफुहरुले किसान र उपभोक्तालाई नजिक बनाउने उदेश्यले हाटबजार संचालन गरेपनि बर्तमान नगर नेतृत्वले हाटबजार व्यावसायीलाई बिक्री गरेको आरोप लगाए । किसान र उपभोक्ताको बिचमा व्यावसायी उभिएपछि हाटबजार संचालनको मर्म गुमेको भुसालले गुनासो गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया