नवलपुर , साउन -२० । आज दिउँसो करिब ३.५० बजेको समयमा नवलपुरको फारम चोकमा स्कुटरलाई जिपले ठक्कर दिदा एक जना स्कुटर चालक गम्भीर घाईते भएका छ्न ।
देवचुली नगरपालिका -१६ स्थित राजमार्ग कुजौली देखि फारम चोक आउँदै गरेको बा.प्र.०६-००४ प ३३८९ नम्बरको स्कुटरलाई दलदले बाट बुलिङ्गटार जादै गरेको ग १ ज ७७८६ नम्बरको जिपले ठक्कर दिदा स्कुटर चालक सोही स्थानका २२ बर्षिय दिपेश अधिकारीले गम्भीर घाईते भएका हुन । उनको दुबै हात र खुट्टामा चोट लागेकोले उपचारका लागि नारायणी सामुदायिक अस्पताल भरतपुर पठाईएको जि.प्र.का. नवलपुरले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |