Clean Water Campaign

Awareness Campaign

गुल्मीका शिक्षाप्रेमी पन्थीको तस्वीर अंकित हुलाक टिकट जारी



प्रेम सुनार
५ दिन अगाडि


Awareness

Place for ads

गुल्मी: आज देखि नेपाल सरकारले गुल्मीका एक जना शिक्षाप्रेमी व्यक्तिको हुलाक टिकट जारी गरेको छ। जिल्लाको धुर्कोट गाउँपालिका-५, रजस्थलका स्वर्गिय पण्डित ऋषिराम पन्थी रु. १० को हुलाक टिकट जारी गरिएको हो।

हो काठमाडौं बबरमहलस्थित हुलाक सेवा विभागको सभाहलमा आयोजित विशेष समारोहमा उहाँ स्वर्गीय पन्थी सहित तीन जना शिक्षाविद र देशका विभिन्न स्थान गरि कुल १४ वटा टिकटमा सुचना संचार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाई आज देखि सार्वजनिक गरिएको हो ।

हुलाक सेवा विभागद्वारा शिक्षा-प्रेमी स्व. पं. ऋषिराम नेपाल हुलाक सेवा विभागले भनेको छ नेपाल हुलाक शिक्षाप्रेमी व्यक्तित्व स्वर्गीय पण्डित ऋषिराम पन्थीको सम्मानमा हुलाक टिकट प्रकाशित गरिएको छ।

सिंचाई
Forest
Ad.

यो सम्मान पाउने उनी नेपालको हुलाक टिकटमा पहिलोपटक अङ्कित हुने व्यक्ति बन्न सफल भएका छन्, जुन गुल्मी जिल्लावासी एवं सम्पूर्ण नेपाली समाजका लागि गर्वको विषय हो। वस्तु स्थिति हिमालय माध्यमिक बिध्यालयका प्रधानध्यापक कृष्ण प्रसाद भण्डारीका अनुसार उहाँले विक्रम सम्बत १९७० साल देखि सरकारी शिक्षक रुपमा बाग्लुङ जिल्लामा शिक्षाको ज्योति छर्नु भएको थियोे। त्यस पछि १९८१ सालमा गुल्मी संस्कृत शिक्षा पाठशाला संचालनमा ल्याउनु भएको थियो । जुन पश्चिम गुल्मीको पहिलो पाठशाला थियो।

उहाँको यस्तो छ व्यक्तिगत विवरण:
• नाम: स्व. पं. ऋषिराम पन्थी
• जन्म मिति: वि.सं. १९५२ साल असार शुक्ल पञ्चमी
• जन्मस्थान: गुल्मी जिल्ला, धुर्कोट गाउँपालि का–५, रजस्थल ।
• पिता: स्व. पं. किशन उपाध्याय पन्थी
• माता: स्व. यदूकुमारी पन्थी
• धर्मपत्नी: स्व. वाग्मती देवी पन्थी
• शिक्षा: प्रारम्भिक शिक्षा – तीनधारा संस्कृत प्रधान पाठशाला, रानीपोखरी, काठमाडौं
• स्वर्गारोहण: वि.सं. २०२९ साल, कार्तिक कृष्ण अमावस्या

जीवन र योगदान
स्व. पं. ऋषिराम पन्थी शिक्षाको क्षेत्रमा समर्पित एक जिवन्त प्रेरणा थिए। उनले जीवनभर शिक्षा र संस्कृतिको प्रवर्धनमा योगदान पुर्‍याए। संस्कृत शिक्षाको माध्यमबाट राष्ट्रिय चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेका उनी सरल जीवन, उच्च विचारका धनी थिए।

उहाँको योगदानलाई सम्मान गर्दै नेपाल सरकारद्वारा प्रकाशित हुलाक टिकट अब सम्पूर्ण देशभर वितरण भै बिश्व्क्का १९२ मुलुकमा पुग्ने छ बिभागका महानिर्देशक मनयाया भट्टराई पङ्गेनीले भन्नू भयो ,यो टिकट शिक्षामा समर्पित व्यक्तित्वप्रति कृतज्ञता प्रकट गर्ने एउटा ऐतिहासिक प्रमाण पनि हो।

Awareness by SKF

स्वर्गीय पन्थीका बारेमा विभागका शाखा अधिकृत चन्द्रा थापाले पनि प्रकाश पार्नु भएको थियो। संचार मन्त्री गुरुङ्ग्ले स्वर्गीय पन्थी अङ्कित हुलाक टिकट धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेललाई हस्तान्तरण गर्नु भएको थियो।

कार्यक्रममा पुग्नु भएका स्वर्गीय पन्थीका ९३ बर्षिय छोरा खिमराज पन्थी हर्ष विभोर भएर भक्कानो छाड्नु भएको थियो।

कार्यक्रममा पश्चिम गुल्मीमा शिक्षाको ज्योति छर्ने स्वर्गीय पन्थीको हुलाक टिकट प्रकाशित गरि दिएकोमा हुलाक सेवा विभाग र शिक्षा मन्त्रालय प्रती धुर्कोट गाउँपालिका अध्यक्ष पोख्रेलले आभार प्रकट गर्नु भएको थियो।

कार्यक्रममा धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरि , हिमालय मावी वस्तुका प्रधानध्यापक कृष्ण प्रसाद भण्डारी , वस्तुका समाज सेवि महेन्द्र भण्डारी , स्वर्गीय पन्थीका सन्ततिहरु पुगेका थिए ।

त्यस्तै मन्त्री गुरुङ , सन्चार सचिब राधिका अर्याल विभाकका महानिर्देशक पङ्गेनीको बाहुली बाट अन्य १३ वटा टिकट र नेपालमा विक्रम सम्बद १९३५ देखि यहि साउन १५ गते सम्म प्रकाशीत भएका टिकटहरुको आकृती सहितको विवरण संकलन गरिएको पुस्तकको समेत विमोचन गरिएको छ। सर्लाहीको बिश्णु भगवानको मुर्ती अङ्कित टिकट , गोर्खाको बारपाक सुलिकोट गाउँपालिकाको भिमसेन मन्दिर , नेपालको पहिलो इन्जिनियर कुल्रत्न तुलाधरको तस्वीर अङ्कित टिकट पनि प्रकाशित गरिएको छ । त्यस बारे ईन्जिनियरिङ्ग अध्यान संस्थान पुल्चोकका डिन प्राध्यापक डाक्टर सुनिल बहादुर बज्राचार्य , सर्लाहीको कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार यादव र गोर्खाको बरपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले प्रकाश पार्नु भएको थियो।

हुलाक सेवा विभागका निर्देशक बिशाल सापकोटाको संयोजन र महानिर्देशक पङ्गेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका कला अधिकृत पुर्णकला लिम्बुले टिकटमा आफुले गरेको डिजाइन बारे अवगत गराउनु भएको थियो ।

प्रमुख अतिथी मन्त्री गुरुङ्गले यी टिकटहरु मन्त्रालयले स्वदेशमै छपाई गर्न सफल भएको बताउनु भएको थियो।

हुलाक टिकट प्रकाशित हुने स्वर्गीय ऋषिराम पन्थी गुल्मी धुर्कोटको पहिलो व्यक्ति हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →