गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ तोलादीमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगीता हुने भएको छ। सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि तोलादी संस्कृति संरक्षण मञ्चको आयोजनामा आगामी भदौ ७ गते खुल्ला तीज गीत प्रतियोगीता २०८२ हुने भएको छ।
प्रतियोगीता मुसिकोट नगरपालिका –०३ तोलादी स्थित तोलादी प्राथमिक विद्यालयको प्रांगणमा आयोजना हुने मञ्चले जानकारी दिएको छ ।
मौलिक तीज गीतको संरक्षण गर्दै हराउँदै गएको संस्कृतीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमले नेपाली संस्कृतीको संरक्षण, प्रचारप्रसार तथा समुदायबीचको एकता अभिवृद्दि गर्नु तथा सामाजिक सद्भाव र सांस्कृितक पहिचानलाई मजबुत बनाउने विश्वास लिएको मञ्चले जनाएको छ ।
प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेले नगद रु. ११,००० ।– र प्रमाण पत्र, दोस्रो स्थान हासिल गर्नेले नगद रु. ९,००० र प्रमाण पत्र, तेस्रो हासिल गर्नेले रु. ७,००० र सान्त्वना हुनेले रु. ४,००० र प्रमाण पत्र प्रदान गरिने आयाजकले जनाएको छ। साथै, उत्कृष्ट नृत्य प्रस्तुत गर्ने एक समुहले लागि नगद रु. १,००० पुरस्कारको पाउने छन् । दर्ता शुल्क रु.५०० तोकिएको छ भने सहभागी प्रत्येक समुहलाई रु. १,५०० प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितिका लागि मञ्चले सबैसंग अनुरोध गरेको छ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |