गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ३ तोलादीमा खुल्ला तीज गीत तथा नृत्य प्रतियोगीता हुने भएको छ। सदाका वर्षहरुमा जस्तै यस वर्ष पनि तोलादी संस्कृति संरक्षण मञ्चको आयोजनामा आगामी भदौ ७ गते खुल्ला तीज गीत प्रतियोगीता २०८२ हुने भएको छ।
प्रतियोगीता मुसिकोट नगरपालिका –०३ तोलादी स्थित तोलादी प्राथमिक विद्यालयको प्रांगणमा आयोजना हुने मञ्चले जानकारी दिएको छ ।
मौलिक तीज गीतको संरक्षण गर्दै हराउँदै गएको संस्कृतीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमले नेपाली संस्कृतीको संरक्षण, प्रचारप्रसार तथा समुदायबीचको एकता अभिवृद्दि गर्नु तथा सामाजिक सद्भाव र सांस्कृितक पहिचानलाई मजबुत बनाउने विश्वास लिएको मञ्चले जनाएको छ ।
प्रतियोगीतामा प्रथम स्थान हासिल गर्नेले नगद रु. ११,००० ।– र प्रमाण पत्र, दोस्रो स्थान हासिल गर्नेले नगद रु. ९,००० र प्रमाण पत्र, तेस्रो हासिल गर्नेले रु. ७,००० र सान्त्वना हुनेले रु. ४,००० र प्रमाण पत्र प्रदान गरिने आयाजकले जनाएको छ। साथै, उत्कृष्ट नृत्य प्रस्तुत गर्ने एक समुहले लागि नगद रु. १,००० पुरस्कारको पाउने छन् । दर्ता शुल्क रु.५०० तोकिएको छ भने सहभागी प्रत्येक समुहलाई रु. १,५०० प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितिका लागि मञ्चले सबैसंग अनुरोध गरेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |











