गुल्मी: गुल्मी जिल्लामा पहिलो पटक सरकारी निकायले कोदो दिवस मनाएको छ। कृषि ज्ञान केन्द्र गुल्मीले प्रथम राष्ट्रिय कोदो दिवस २०८२ मनाएको हो। जिल्लामा पहिलो पटक यो दिवस आफ्नो भुमिमा मनाउने अवसर इस्मा गाउँपालिका-३, दर्लामचौरले पाएको छ।
त्यस गाउँका ओम बहादुर पछाईको कुनै समय ३० मुरि कोदो फल्ने पाटोमा दुई हल गोरु लाग्थे। दर्जनौँ रोपारे, ब्याडे, कोदाले गरेर पचास जना भन्दा बढी खेतला लाग्थे। अहिले त्यो पाटो चार अंशमा विभाजित छ। अहिले पछाई परिवारले त्यो वारि दुर्ग बिष्टलाई खेतिपाती गर्न दिनु भएको छ।
आज कोदो दिवस मनाई रहदा उहिले उहिले बारिमा कोदो रोप्दा गोरुले जोतिन्थ्यो रे भन्ने किस्सा झैको अवस्था थियो । अर्थात ट्याक्टरले जोतेर कोदो रोपिदै थियो। सालैजो, सुनिमाया, झ्याउरे गीत र बाजातालले परम्परा र मौलिकताको झल्को दिएको थियो।
कार्यक्रममा इस्मा गाउँपालिकाकी पुर्व उपाध्यक्ष बिमला खत्रीको प्रमुख आतिथ्यता थियो । आयोजक कृषि ज्ञान केन्द्रका अधिकृत शिव बन्जाडेको अध्यक्षता र व्यवस्थापनको जिम्मेवारी पाएको त्यस वडाका वडाध्यक्ष ज्योतिराज कुवरले स्वगत मन्तव्य राख्नु भएको थियो।
कोदो जन्य परिकारको आहरा, खाध सुरक्षा जिबनको आधार भन्ने मुल नाराका साथ मनाईएको कोदो दिवसको सहजिकरण वडा स्तरिय कृषि तथा पशुपालन मुल कृषक समुहले गरेको थियो। कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्रका नायव प्राविधिक सहायक राम बहादुर ओलीले गर्नु भएको थियो।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |