Smoking Causes Cancer

गुल्मीमा डहरेखोलाको पानी बढ्दा सडक अवरुद्ध



अनिल खत्री
११ महिना अगाडि


Place for ads

गुल्मी । पानीको बहाव बढेपछि रुन्द्रावेणी वामी सडक अवरुद्ध भएको छ । जिल्लाको सत्यवती गाउँपालिका-६ उल्लीखोलास्थित डहरेखोलामा पानीको बहाव अत्यधिक बढेपछि आज बिहान ६:३० बजेदेखि रुद्रवेणी-वामी सडक खण्डअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

उक्त स्थानमा जोहाङ प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर बि.क.को कमाण्डमा दुई जनाको टोली खटिएको छ । पनि पानीको बहाव कम नभएसम्म बाटो खुलाउन नसक्ने जानकारी प्रहरीले जनाएको छ ।

डहरे खोलाले मंगलबार कार बगाएको थियो । यो सडक जिल्लाको पुरानो सडकको हो । तर, पक्की पुल अभावमा यहाँका नागरिकले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।

सिंचाई
Forest
Ad.

यो सडक भएर गुल्मीको विभिन्न स्थानसँगै छिमेकी जिल्ला बागलुङको खरबाङ, बुर्तिबाङ लगायतसम्म पुग्ने सवारीसाधन चल्ने गर्दछन् । त्यस्तै रुरुक्षेत्र -१ साँखरमा सुख्खा पहिरोको कारण खर्ज्याङ रिडि सडक खण्ड अवरुद्ध भएको छ ।

पानी परेकोले खुलाउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।-अनलाइनखबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो