Smoking Causes Cancer

गुल्मीका अर्जै र घमिर खोलामा कल्भट राखेपछि यात्रा गर्न सहज



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डका दुई वटा खोलामा कल्भट राखिएको छ। मालिका गाउँपालिका भित्र पर्ने अर्जै र घमिर खोलामा कल्भट राखिएको गाउँपालिकाले जानकारी दिएको छ। कल्भट राखेपछि पैदल यात्री सहित साना तथा ठुला सवारी साधनलाई यात्रा गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए।

उनले भने “ जनतालाई सहज होस भन्ने उद्देश्यले गाउँ पालिकाले कल्भट राखेपछि विशेषगरी साना सवारी साधनलाई राहत मिलेको छ , ठुला सवारी साधनलाई समेत वारपार गर्न सजिलो भएको छ। साथै पुल निर्माणको लागि गाउँपालिकाले पहल गर्ने अर्यालले उल्लेख गरे।

यस्तै यात्रुहरुले पनि कल्भट राखेपछि सकारात्मक प्रतिक्रिया दिएका छन्। मोटरसाइकल तथा कारलाई धेरैनै सहिलो भएको स्थानीय नरेश खत्रीले बताए। साथै गाउँपालिकाले पुल निर्माणको लागि पहल गर्नु पर्ने उनले सुझाव समेत दिएका छन्। -गुल्मी अपडेट

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया