Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा निर्वाचन व्यवस्थापनको चटारो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: निर्वाचनको मिति नजिकिएसँगै जिल्ला–जिल्लामा निर्वाचन व्यवस्थापनको चटारो चलिरहेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयमार्फत व्यवस्थापनका काम धमाधम गरिरहेको छ।

जिल्ला निर्वाचन कार्यालयमा केही दिनदेखि निर्वाचन सामग्री व्यवस्थापनमा कर्मचारीहरू व्यस्त छन्। पछिल्लो तीन दिन आयोगबाट प्राप्त मतदान प्रक्रियामा आवश्यक पर्ने सबै सामग्रीहरू प्याकिङको काम भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी मेघलाल पाण्डेयले बताए।

‘निर्वाचनको मिति घोषणा भएपछि नै नियमित कामहरू भइरहन्छन्। तर, पछिल्लो दुई सातादेखि निकै व्यस्त छौँ,’ उनले भने, ‘निर्वाचन सामग्री प्याकिङ र रुजु गर्ने कामले फुर्सद छैन।’

सिंचाई
Forest
Ad.

सबै सामग्रीको व्यवस्थापन गरेपछि जनशक्ति परिचान र सामग्री हस्तान्तरणको काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ।

अहिलेसम्म निर्वाचन आयोगमार्फत जिल्लामा राजनीतिक दल तथा पत्रकार र नागरिक समाजलाई अभिमुखीकरण गरिएको छ । जिल्लाका सबै पालिकामा नमुना मतदान सकिएका छन्।

मतदाता शिक्षाका लागि गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ। जसका लागि जिल्लाभर ९८ जना महिला स्वास्थ्य स्वयंसेविक परिचालन भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीको निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्।

उनले समानुपातिकलाई अस्थायी नामावली प्रकाशनको काम भएको बताइन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपत्र प्राप्त गरिसकेको छ । अब केही दिनमा जनशक्ति व्यवस्थापन गरेर तालिम दिएपछि १ मंसिरदेखि मतदान केन्द्रमा कर्मचारी पुग्ने मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए।

Awareness by SKF

जिल्ला प्रशासन कार्यालयले २५ कात्तिकदेखि सबै प्रकारका मदिरा उत्पादन, सेवन र बिक्री–वितरणमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ । जिल्लाका सबै राजनीतिक दलहरूसँग छलफल गरेपछि मदिरा उत्पादन, सेवन र वितरणमा कडाइ गरेको हो।

जुन निर्णयमा दलका प्रतिनिधिहरूले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। पौडेलका अनुसार मदिराका कारण मत प्रभावित पार्ने, आपराधिक क्रियाकलाप हुने र त्यस्तै निर्वाचनको सन्दर्भमा कुनै विवाद समाधान गर्न जिल्लास्तरीय राजनीतिक संयन्त्र निर्माण गरिएको छ। म्यादीसहित करिब २५ सय सुरक्षाकर्मी र सोही हाराहारीमा कर्मचारी र स्वयंसेवक परिचालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया