Smoking Causes Cancer

मध्यरातमा डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प, घर भत्किँदा ६ जनाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

धनगढी: डाेटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु भएको छ।

पूर्वीचौकी गाउँपालिका–३, गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए।

गाउँपालिका उपाध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ। उनीहरुको सनाखत हुन बाँकी छ। अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए। उद्धारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ भने थप विवरण आउन बाँकी छ।

सिंचाई
Forest
Ad.

यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पकाे धक्का महशुस गरिएको थियाे। भुकम्पको धक्का गुल्मी सम्म महसुस गरिएको थियो।

अपडेट: भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया