गुल्मी: जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई निर्वाचन सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
मुख्य निर्वाचन अधिकृत बसन्तराज पौड्यालको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालको विशेष आतिथ्यतामा सदरमुकाम तम्घासमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा आयोजक संस्थाका जिल्ला निर्वाचन अधिकृत माया कुँवरले सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा आचारसंहिता विपरितका लेखन, तस्वीर र फोटाहरु पोष्ट हुनबाट रोक्न र सञ्चारकर्मीमार्फत आचारसंहिता पूर्णरुपमा पालना गराउने उद्देश्यका अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताइन्।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बिशेष गरी पत्रकार महासंघका पदाधिकारी र सञ्चार माध्यमहरुको प्रमुखहरु सम्बन्धित निकायको निगरानीमा भई रहने भएकोले आफु समेत कसैले फेसबुक सामग्री ट्याग गर्दैमा समेत स्पष्टीकरण दिनु परेको बताए।
त्यस्तै निर्वाचन अधिकृत शिव बहादुर थापा मगरले हाल सम्म गुल्मीका पत्रकार तथा सञ्चारकर्मीहरुले कसैको मानहानी र आचारसंहिता विपरितका नकरात्मक कुराहरु सञ्चार माध्यमहरुमा दिएको नपाईको र आगमी दिनमा पनि त्यही अपेक्षा राखिएको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौड्यालले निर्वाचन आचारसंहिता पालना गराउने कुरामा निर्वाचन कार्यालय , प्रशासन र पत्रकारहरुको समेत उत्तिकै दायित्व भएको भन्दै सरकारले मुख्य ६ वटा कुरा पालना गर्न गराउने अपेक्षा राखेको बताउँदै आचारसंहिताका विषयमा पत्रकारहरु गम्भीर र जिम्मेवार भइदिन आग्रह गरे।
त्यस्तै मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले आचारसंहिता बारे आफू स्वयम् पनि किताब नहेरेसम्म अनविज्ञ रहेकोले सञ्चारकर्मीहरुले सञ्चार माध्यमबाट बुझाई दिनु पर्नेमा जोड दिँदै कुनै राजनीति दल र उमेदवारहरुलाई आँच आउने गरी एक्लौटी रुपमा समाचार सामग्री नपस्किन सुझाव दिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










