Smoking Causes Cancer

कालीगण्डकी नदीमा हामफाली गुल्मीका एकजना युवक बेपत्ता



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर एक हर्मिचौरका ३५ वर्षीय टेकराज पाण्डेले कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएका छन्।

गुल्मी र स्याङजाको संगम स्थल रेप्कामा रहेको मोटरबल पुलबाट शुक्रबार दिउँसो कालीगण्डकी नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

नदीमा हाम फाली बेपत्ता भएका पाण्डेको खोजी कार्यका लागि स्थानीय र प्रहरी परिचालन भएको र अहिले सम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधबराज खरेलले जानकारी दिए।

सिंचाई
Forest
Ad.

नदीमा हाम फाल्नुको कारण नखुलेको र खोजी कार्य जारी रहेको खरेलले बताए। –खबर मार्केट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया