Smoking Causes Cancer

गुल्मीका व्यवसायीहरुले बुझाए नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्लाका व्यवसायिकहरुले नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएका छन्। बैंकहरुले मनलाग्दी ब्याज बढाएको र उद्योगी व्यवसायीहरु पलायन हुने बाध्यात्मक अवस्था आउन लागेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंक लाइ प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए।

ज्ञापनपत्रमा कोभिङ १९ महामारी पछिको वर्तमान देशको अर्थतन्त्रमा देखा परेका आर्थिक संकट तथा नेपाल राष्ट्र बैंक बाट जारी चालु पूजी निर्देशिका २०७९ को कारण देशभरका उद्योगी व्यवसायी तथा निजि क्षेत्र धरासायी हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रभाहमा व्यवसायीहरुले धान्नै नसक्ने गरी व्याज दर वृद्धि तथा अर्थवन्त्रमा नकारात्मक असर पर्ने खालका गतिविधि गरेको कारण उद्योग कल कारखाना तथा व्यापार व्यवसायहरु धमाधम बन्द हुदै गहिरहेको अवस्था छ।

सिंचाई
Forest
Ad.

नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारका गतिविधिहरु अविलम्भ सच्चाई उद्योग व्यवसायीमैत्री निति निर्माण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघका माध्यमबाट सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघको एक्यवद्धता अनुरूप हाम्रो गुल्मी उद्योग वाणिज्य संघ जोडदार माग गरेको उल्लेख गरिएको छ।

स्थानिय स्तरमा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरुलाई समेत वर्तमान संकटको यो अवस्थामा व्यवसायीहरुमाथि आतंक सिर्जना गर्ने कार्य समेत तत्काल बन्द गर्न जोडदार माग गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया