गुल्मी: नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन।
६७ औं प्रहरी दिवसको अवसरमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत गुल्मी दरबार गाउँपालिका वडा नं ५ साविकको अमर अर्वाथोकमा जन्मेका इन्स्पेक्टर बुचा सम्मानित भएका हुन् ।
प्रहरी संगठनमा रहेर कर्तव्यनिष्ठ, इमानदार र लगनशील भई उत्कृष्ट कार्य गरेकाले इन्स्पेक्टर बुचालाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्स्पेक्टर बुचालाई प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीद्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरियो । एसएसपी जयराज सापकोटाले इन्स्पेक्टर बुचालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। -गुल्मी न्यूज
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







