Smoking Causes Cancer

गुल्मीदरबार र रेसुंगामा भोलि सार्वजनिक बिदा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गीताकुमारी बस्याल, गुल्मीः रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले हरिबोधनी एकादशीको दिन (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गुल्मीको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले १८ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो।

शुक्रबार नगरपालिका मातहतका सम्पुर्ण कार्यालयहरु,शैक्षिक संस्था लगायतका कार्यालयहरु बन्द रहने नगरपालिकाले जनाएको छ।

सिंचाई
Forest
Ad.

सो दिन रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतका वर्षहरुमा दिदै आएको बिदालाई यस वर्षपनि कायमै गरीएको पन्थीले बताउनुभयो।

पबित्र स्थल पोखरीमा गई स्थान गर्नाले अन्जानमा गरेका पापहरु नष्ट हुने र पुन्य प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया