Salime Malika Krishi Farm

Awareness Campaign

खड्गदेवी युवा क्लबको खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: दिपावलीको अवसर पारेर खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका-२, मुसिकोट रातचौरको खेलकुद तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ।

सम्पन्न भएको खुल्ला भलिबल प्रतियोगितामा आयोजक खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर गुल्मी प्रथम, मनेवा पाटा बागलुङ द्वतीय भएको छ।

भलिवल प्रतियोगितामा विजेता समुहहरूलाई नगद पुरस्कार र मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यस्तै ११ समुहको सहभागिता रहेको खुल्ला रेकर्ड डान्स प्रतियोगितामा बडिगाड गाँयपालिका २ बागलुङ्गकी प्रिती बस्नेत प्रथम,खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट रातचौर गुल्मी द्धतीय र मुसिकोट नगरपालिका ९ददल्का गुल्मीकी पिङका दर्जी तृतीय भएकी छन ।

सिंचाई
Forest
Ad.

प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो । त्यस्तै भाले छोपाई प्रतियोगितामा मुसिकोट नगरपालिका २ आरूपाटाका निशान खत्री उत्कृष्ट भएका छन् । साथै घैटोफोर प्रतियोगिता तर्फ मुसिकोट नगरपालिका २ का मनिष खत्री प्रथम भएका छन्।

त्यस्तै महिला कुर्ची दौड प्रतियोगितामा मुसिकोट नगरपालिका २ मुसिकोट रातचौरका जिना शाही ठकुरी प्रथम,सोही मुसिकोट नगरपालिका २ सारूटोलाकी समिक्षा सारू द्वितीय र मुसिकोट नगरपालिका ९ ददल्काकी पिङका दर्जी तृतीय भएकी छन् ।

गत कार्तिक ११ गतेदेखि शुरू भएको कार्यक्रम आइतबार सम्पन्न भएको थियो । कार्यक्रममा क्लवलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने व्यक्तिहरु तथा चन्दादाताहरुलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो।

कार्यक्रम खड्गदेवी युवा क्लव मुसिकोट नगरपालिका २ मुसिकोट गुल्मीका अध्यक्ष रविन्द्र के.सी.को अध्यक्षता तथा समाजसेवी जनक बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम खड्गदेवी युवा क्वलकी सचिव माया थापाको स्वागत मन्तव्यसँगै शुरू भएको कार्यक्रमको सञ्चालन भने क्लवका उपाध्यक्ष रामप्रसाद आचार्य र निशान खत्रीले सञ्चालन गरेका थिए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया