Salime Malika Krishi Farm

Awareness Campaign

दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काैरव खत्री, बागलुङ: कृषि, पर्यटन, जलस्रोत, स्थानिय सिप र पुर्वाधार, समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि सञ्चालन गरिएको दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव २०७९ मंगलबार सम्पन्न भएको छ।

महोत्सव मुल समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले महोत्सवले स्थानिय उत्पादनलाई बजारीकरण गर्नु पर्ने बताएका छन।

उनले मेला तथा महोत्सव सञ्चालन गर्दा त्यसको उद्देश्य, औचित्यता र महोत्सवमा स्थानिय उत्पादन श्रोत र साधनको कसरी बजारीकरण गर्ने र आर्थिक समृद्विमा टेवा पुराउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए। गलकोट महोत्सवले स्थानीय कला, संस्कृति, खेलकुद, कृषि र पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे।

सिंचाई
Forest
Ad.

महोत्सवमा अवसरमा आयोजना गरिएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा नगद रु २ लाख ११ हजार १ सय ११ रुपैया हात पार्दै गलकोट स्पोर्टस कल्व टोकियो जापान प्रथम र निसीखोला गाउँपालिका बागलुङ द्वितिय भएका छन।

भ्वाईस अफ गलकोटमा राहुल सुनार र गलकोट डान्स आईडलमा सुदिस्ना घर्ती मगर आईडलको उपाधि उचालेका छन । आमा समुह स्तरिय रत्यौली गीत प्रतियोगितामा मिलन आमा समूह गलकोट नगरपालिका ३ प्रथम र नौबिसे आमा समुह गलकोट नगरपालिका ६ द्धितिय भएका छन।

त्यस्तै माद्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा भैरव माद्यमिक विद्यालय गलकोट नगरपालिका ९ का सुरक्षा गौतम प्रथम र बराहखोला आधारभुत विद्यालय ताराखोला गाउँपालिका ३ का लिलाधर कडेँल द्वितिय भएका छन ।

सामुहिक लोक नृत्य प्रतियोगिता तर्फ गलकोट माद्यमिक विद्यालय गलकोट नगरपालिका ३ प्रथम र गोल्डेन फ्युचर सेकेण्डरी स्कुल गलकोट नगरपालिका ४ द्वित्तिय भएका छन्।

Awareness by SKF

महोत्सवको अवसरमा सहयोग गर्ने प्रायोजक, सहयोगदाता, कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो । त्यस्तै महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितीक प्रस्तुति रहेको थियो।

कार्यक्रम ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको अध्यक्षता, संस्थाका सदस्य थम्मन थापा सन्देशको स्वागत तथा सञ्चारकर्मी घनश्याम गौतम र कलाकार उमादेवी खनालको सञ्चालनमा सम्पन्न भएको थियो।

महोत्सवमा स्थानिय कला संस्कृति झल्कने नौमति बाजा, लाखे नाच, सामुहिक नाच प्रस्तुत गरिएको कार्यक्रम संयोजक होम थापाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया