लमजुङ: प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन्।
सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्विर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारवाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए।
जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन। मंगलबारदेखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी डिएसपी श्रीमलले बताए।
बेसीसहरमा १० दिनसम्मको तालिम लिएपछि निर्वाचन लक्षित सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो। -नेपाल समाचारपत्र
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







