Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको वामीटक्सारमा जिटिभि नेपालको रमाईलो मेला भव्यतापूर्वक सम्पन्न



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: जिटिभि नेपाल अनलाईन सुचना केन्द्र मुसिकोट नगरपालिका २ गुल्मीले आयोजना गरेको सागींतिक रमाईलो मेला तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। वामीटक्सार बसपार्क स्थित निर्माणाधिन स्मार्ट पार्कमा सम्पन्न कार्यक्रममा हजारौँ दर्शकहरुका उपस्थितिकाबीच उल्लासमय रुपमा कार्यक्रम सम्पन्न भएको हो।

जिटिभि नेपाल अनलाईन सुचना केन्द्रका अध्यक्ष दिपक नेपालीको अध्यक्षता रहेको कार्यक्रमको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले प्रमुख अतिथिको रुपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, समाजसेवी लिल बहादुर थापा र नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालको विशेष आतिथ्यता रहेको थियो।

 

सिंचाई
Forest
Ad.

कार्यक्रममा विशिष्ट अतिथि बडिगाड गाउँपालिका अध्यक्ष थापा र नेपाल पत्रकार महासघं जिल्ला शाखा गुल्मी अध्यक्ष टोपलाल अर्यालले परोपकारी पत्रकारिता मार्फत देशका दुर दराजमा रहेका असहाय एवम् विपन्नलाई सहयोग पुर्याउँदै जिटिभि नेपालले सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशसां गर्नुभएको थियो । उहाँहरुले जिटिभिले राज्यले गर्नुपर्ने काम गरेको भन्दै पछिल्लो समय बदनामी बनेको पत्रकारिता क्षेत्रलाई एउटा उदाहरणीय पेशाको रुपमा प्रस्तुत गरेको बताउनुभयो।

सो अवसरमा जिटिभि नेपाल अनलाईन सुचना केन्द्रले आफ्नो सुचना र समाचारमूलक अनलाईन पत्रिका जिटिभि नेपाल डटकमको समेत औपचारिक शुभारम्भ गरेको छ। युट्युबको माध्यमबाट कार्यक्रम सघंर्षका कथा नामक कार्यक्रमबाट भुँईमान्छेको कथा व्यथा समेट्दै उनीहरुलाई सहयोग गर्दै आईरहेको जिटिभिले नागरिकहरुलाई सहज रुपमा सुचना एवम् समाचारहरुको पहुँचमा पुर्याउन र प्रविधिको विकाससगैं अझै विशाल रुपमा आफ्नो परोपकारी पत्रकारिताको अभियान सफल बनाउन अनलाईन पत्रिकाको सुरुवात गरिएको अध्यक्ष दिपक नेपालीले बताउनुभयो।

मेला अन्तर्गत आयोजना गरिएको खुल्ला रेकर्ड डान्स प्रतियोगीता तर्फ ३० जनाको सहभागीता रहेकोमा प्रिति बस्नेत प्रथम, राज गुरुङको समुह द्धितिय र प्रतिक्षा बि.क तृतीय एवम् बिनिता परियार सान्त्वना भएका छन् । कार्यक्रममा विजयी प्रतियोगीमध्ये प्रथम हुनेले नगद रु ८ हजार र प्रमाणपत्र, द्धितिय हुनेले नगद रु ५ हजार र प्रमाणपत्र, तृतीय हुनेले नगद रु ३ हजार र प्रमाणपत्र एवम् सान्त्वना हुनेले नगद रु १ हजार र प्रमाणपत्र हात पारेका छन् ।

Awareness by SKF

उक्त अवसरमा जिटिभि नेपालबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथा मार्फत जोडिएर देशका विभिन्न ठाउँका सयौं असहाय एवम् विपन्न परिवारलाई राहत सहयोग गर्दै आउनुभएका बाँकेको खजुरा गाउँपालिका डिगाउँ स्थायी घर भई हाल सयुंक्त राज्य अमेरीकामा कार्यरत समाजसेवी व्यक्तित्व लिल बहादुर थापालाई सम्मान गरिएको थियो । समाजसेवी थापाले सामाजिक र मानवीय सेवामा पुर्याएको योगदान राज्यको भन्दा पनि उच्च रहेको भन्दै सोही कार्यक्रममा सामुदायिक रेडियो पुष्पाञ्जली, बडिगाड अनलाईन र नव खबर अनलाईनले समेत उहाँलाई सम्मान गरेका थिए ।

जिटिभि नेपालले सोही अवसर पारेर लामो समयदेखि गुल्मी जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशिल विभिन्न सञ्चार माध्यममा कार्यरत ४ जना अग्रज पत्रकारलाई सम्मान गरेको छ । झण्डै २ दशकदेखि गुल्मीको पत्रकारित क्षेत्रमा क्रियाशिल बरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासघं गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरे, नेपाल पत्रकार महासघं गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सचिव प्रेम सुनार र कोषाध्यक्ष कौरव खत्रीलाई सम्मान गरिएको हो। त्यस्तै जिटिभि नेपालमा कार्यरत पूर्व कर्मचारीहरु सुमन पन्थी, महेन्द्र कौशल र सुरज नेपालीलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा चर्चित लोकदोहोरी गायक एवम् भजन सम्राट रेशम सापकोटा, रविना बसेल, सचिन परियार, ओम सेञ्चुरी, कपिल मगर, सिमा थापा, स्थानीय कलाकारहरु बिर बहादुर विश्वकर्मा, देवेन्द्र परियार, महेन्द्र परियार, कमल बराल, दिलु केसी, कृष्ण बराल, धनमाया राना, सागर नेपाली, बसन्ता खनाल लगायतले आफ्नो प्रस्तुती दिँदै दर्शकहरुलाई नचाएका थिए । त्यस्तै भेलु बाजेले आफ्नो हास्य प्रस्तुती दिँदै दर्शकहरुलाई हसाए।

जिटिभि नेपालका सहसम्पादक सागर भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सम्पादक रामु आचार्य र सञ्चारकर्मी झरना कंडेल भुषालले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया