Smoking Causes Cancer

अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले गरे आफ्नै भाईको हत्या



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

अर्घाखाँची: अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले आफ्नै भाईको हत्या गरेका छन्। जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाई विर बहादुर गमालको हत्या गरेका हुन्। यही कार्तिक २ गते राती भिरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहानमात्र फेला परेको थियो।

घटनाको अनुसन्धान गर्दा आफ्नै दाईले भिरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिम बहादुर गमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।

प्रहरीका अनुसार २० गते दिउसो भुमिकास्थान नगरपालिका वडा नं. ४ धारापानीमा रहेको शाइन रेसुंगा बैंकबाट संगै वृद्धभत्ता निकालेका दाजुभाई हिड्दै घर जानेक्रममा आपसी विवाद भएपछि घचेटाघचेट भएको थियो।

सिंचाई
Forest
Ad.

दुई दाजुभाईबीच लेनदेनमा भएको विवादमा दाईले घचेट्दा भाई भिरबाट खसेको प्रहरीले जनाएको छ। भिरबाट खसेका गमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। -ग्लोबल आवाज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया