Clean Water Campaign

Awareness Campaign

तिहार पर्व नजिकिएसँगै गुल्मीका बजारहरुमा चहलपहल बढ्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ। तिहारको लागि प्रयोग गरिने फूलका मालाहरुको सट्टामा कृतिम फूल मालाकै भरपर्नु अवस्था गुल्मीमा रहेको छ।

तिहार पर्वलाई मध्यजनर राखेर गुल्मी सदरमुकाम तम्घास बजारमा फूलको मालाको सट्टामा प्रयोग हुने कृतिम मालाहरु यसवर्ष पनि भित्रिने गरेका छन् । जिल्लाका केहि तहले कृतिम माला निषेध गरे पनि गाउँमा पर्याप्त मात्रामा फूलहरु पनि नभएकाले कृषि फूलका मालाहरु भित्रिएका हुन् । गाउँघरमा प्रशसस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती समेत नगर्नुले पनि कृति मालाहरु प्रयोग बढ्ने क्रम बढदो छ । गुल्मी जिल्लामा केहि ठाउँमा व्यवसायीक रुपमा फूल खेतीको सुरु गरेपनि त्यो पर्याप्त छैन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० को सिमीचौरमा बिनोद कुँवरले २ रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा फूल खेतीको सुरुवात गर्नु भएको छ।

सिंचाई
Forest
Ad.

गाउँमा फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रीत हुनु परेको छ।

त्यसको अत्य गर्न जिल्लाका स्थानीय तहले कृतिम फूलका मालाहरुलाई निषेध गर्न र आफैले उत्पादन गरेको मात्रै लगाउन प्रोत्साह गर्न स्थानीयको जोड छ।

तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । गाउँमा फुलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु लगाइदिने गर्दछन्। -प्रतिक खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया