Smoking Causes Cancer

जिल्ला प्रशासन कार्यालय, गुल्मीमा रात्रीकालीन सेवा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

अजय खड्का, गुल्मी: सामान्यतया कार्यालय समय बिहान १० बजे देखि ५ बजेसम्म हो। त्यही समय भित्र सेवाग्राहीले सेवा पाउने गर्दछन। तर जिल्ला प्रशासन कार्यायल गुल्मीले भने कार्यालय समय सकिए पछि समेत सेवा दिने गरिएको छ। सेवाग्राहीको चापका कारण जिल्ला प्रशासन कार्यालय गुल्मीले रातीसम्मै सेवा दिई रहेको छ।

सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई गलत सावित गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीको चाँप बढ्दै गएपछि राति सम्म पनि सेवाग्राहिहरुलाई सेवा प्रदान गरेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीमा केहि दिन यता बेलुकी ७, ८ बजेसम्म सेवाग्राहीको भने लाइन हुने गर्दछ । सेवाग्राहीहरु सेवा लिनको लागी बेलुकी अबेलासम्मै लाइन मै हुने गर्दछन् ।

दशैँ पछि हरेक दिन ७ बजे बजेदेखि नै कार्यालयमा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । साँझसम्मै बसेर सेवा पाउदा नागरिकहरुको अनुहारमा भने खुशी हुने गरेका छन्।

सिंचाई
Forest
Ad.

प्रशासन कार्यालयको दैनिक क्षमता ७० जना सम्म भए पनि अहिले भने १७० भन्दा माथीसम्म पुग्ने गरेको छ।

अन्य समयमा दैनिक ३० देखि ५० नयाँ नागरिकता जारी हुने भए पनि अहिले दशै तिहारको बिचमा दैनिक १ सय देखि १ सय ७० सम्म नयाँ नागरिकता जारी हुने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । बिहान ७ बजे देखि राती ८ बजेसम्म सेवाग्राहीले सुविधा पाउन भनेर आफु राती अबेरसम्म सेवामा खटिएको पौडेलको भनाई ।

प्रशासन कार्यालय गुल्मीमा दरबन्दी अनुसारको कर्मचारी नरहेकोले कारणले पनि समस्या परेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया