अनिल खत्री, गुल्मी: जिल्ला प्रशासन कार्यालय गुल्मीले केहि कार्यालयहरुमा छड्के निरिक्षण गरेको छ। जिल्ला सदरमुकाम तम्घारमा रहेका सरकारी कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, नागरिक समाज, पत्रकारको टोलिले छड्के निरिक्षण गरेको हो।
जिल्ला समन्वय, सडक पूर्वाधार, विद्युत, नापि, मालपोत र खानेपानी कार्यालयमा छड्के अनुगमन गरिएको प्रशासनले जनाएको छ । कार्यालयहरुले प्रदान गर्ने सेवा प्रवाह र सेवाग्रहले पाइरहेको सेवालाई सहज बनाउने उदेश्यले अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
अनुगमनको क्रममा कार्यालयले प्रदान गर्ने सेवासँगै कार्यालयको सरसफाइको अवस्था बारेमा पनि निरिक्षण गरिएको थियो । अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालय प्रमुखसँग सेवाप्रवाहको क्रममा समस्या भए राख्न आग्रह गरेका थिए।
सेवाग्रहीलाई अधिकत्तम छिटो सेवा प्रदान गर्न निर्देशन दिएका थिए । केहि कार्यालहरुसँग वर्षातले बिगारेका मोटरबाटो, खानेपानी जस्ता समस्याहरुमा छिटो मर्मत गर्न सुल्झाएका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







