Salime Malika Krishi Farm

Awareness Campaign

सनराईज युवा क्लबको आठौँ खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: द सनराईज युवा क्लबको आठौँ खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आइतबार देखि सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न भएको हो।

असोज ३० गते भलिबल प्रतियोगिताको समुदघाटन सँगै ३१ गते भलिबल खेल संचालन गरिएको थियो । यस्तै कार्तिक १ गते अन्य विविध साँस्कृतिक कार्यक्रम गरी सम्पन्न गरिएको छ। क्लबका अध्यक्ष विवश विष्टको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथिमा मदाने गाउँपालिका १ अग्लुङ्गका वडा अध्यक्ष सुशील चन्द रहनुभएको थियो । विशिष्ट अतिथिमा वडा सदस्यद्वय भगत चन्द,युवराज चन्द तथा क्लबका संरक्षक लालबहादुर विष्ट,सल्लाहकार बालकृष्ण चन्द लगायत रहनुभएको थियो।

भलिबल खेल अन्तर्गत प्रथम स्थान न्यु प्रगतिशिल युवा क्लब हासिल गरेको भने दोस्रो र तेस्रो क्रमश: मदाने भलिबल क्लब र न्यु जेनेरेशन युवा क्लब रहेका छन । यस्तै नृत्य तर्फ सरगम सञणजाल युवा क्लब प्रथम तथा दोस्रो ग्रामीण सचेतना बाल क्लब र तेस्रो, चौथो क्रमशः थ्रि स्टार मथुरा युवा क्लब र न्यु प्रगतिशिल युवा क्लब बन्न सफल भएको कार्यक्रम संयोजक इन्द्रजित विष्टले जानकारी दिनुभएको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा श्री ओख्लेदह आधारभुत सर्वोत्कृट विद्यार्थी सुरक्षा विष्टलाई प्रोत्साहन स्वरुप सम्मान तथा स्थानिय जेष्ठ व्यक्ति तेज बहादुर विष्टलाई सम्मान गरिएको थियो । कार्यक्रम क्लब सहसचिव प्रमिला कुँवरको स्वागत तथा सचिव राजकुमार विष्टको संचालनमा सम्पन्न भएको थियो। -गुल्मी न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया