गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ माईती गाउँ भएकी २४ वर्षीय शान्ति नेपालीले ५ वर्ष अगाडी बिहे गरिन्। बुटबलमा ज्यालामजदुरी गर्ने खड्क बहादुर सार्कीसंग बिहे गरेकी उनीहरुको दैनिकी जसोतसो चलेकै थियो।
दैनिक मजदुरी गरेर आफ्नो जिविका चलाउँदै आएका थिए । दुःखै भएपनि खुसी मानेर उनीहरु एकअर्कामा खुसी साट्दै बसिरहेका थिए । यी दुई दम्पत्तीमा त्यतिबेला हर्षको सिमा रहेन् जब उनीहरुले आफ्नो सन्तान यस धर्तीमा आउँदैछ भन्ने थाहा पाए । लामो समयपछि उनीहरुको सन्तान हुने कुराले औधी खुसी थिएनन् । शान्तिका श्रीमान पनि खुसी थिए।
जसोतसो उनको रेखदेख र सन्तान हुने खुसी आफ्ना साथीभाईलाई पनि बाँड्थे । तर खड्कको त्यो खुसी त्यतिबेला टुट्यो जतिबेला शान्ति सुत्केरी भईन् । आफ्नो सन्तानको रुपमा छोरालाई यस धर्तीमा जन्म दिएकी शान्तिलाई भने उनले स्वस्थ देख्न पाएनन् । शान्ति छोरालाई जन्म दिएपछि अचेत बनिन् ।
उनले आफुले जन्म दिएको सन्तानलाई दुध खुवाउन त परैको कुरा कस्तो छ भनेर देख्न समेत सकेकी छैनन् । यतिबेला खड्कको जीवनमा बज्रपात परेको छ । २ महिना देखि अचेत बनेकी शान्ति र कलिलो दुधे बालकको रेखदेख गर्ने जिम्मेवारी उनै खड्क माथि आईपरेको छ । त्यो भन्दा पनि ठुलो पिडा त उनलाई शान्तिको उपचार गर्न नसकेकोमा छ।
माईती र घर दुवै तिर दयनीय आर्थिक अवस्था भएका उनले न त शान्तिको उपचार गर्न अस्पतालसम्म पुर्याउन सकेका छन् नत २ महिने छोराको राम्रोसगं रेखदेख गर्न नै । शान्ति छोरालाई जन्म दिएदेखि प्यारालाईसिस र मुटु सम्बन्धी रोगले थलिएकी छिन् । उनी २ महिनादेखि बेहोस छिन् । राम्रो अस्पतालमा उपचार गराउने पैसा नभएपछि श्रीमान खड्कले उनलाई घरमै ल्याएर राखेका छन् । उनीहरुको यो अवस्था निकै कारुणीक बनेको छ।
शान्तिको उपचारार्थ जिटिभि नेपाल अनलाईनले सहयोग सकंलन अभियान सञ्चालन गरेको छ । यही अभियान मार्फत बाँकेको खजुरा गाउँपालिका वडा न ४ घर भई हाल सयुंक्त राज्य अमेरीकामा रहनुभएका समाजसेवी लिल बहादुर थापाले नगद रु २५ हजार सहयोग गर्नुभएको छ । उनलाई अस्पताल पुर्याउनका लागि उहाँले नगद सहयोग गर्नुभएको हो।
गम्भीर रोग भएका कारण अस्पतालले झण्डै १५ लाख रुपैयाँ लाग्ने बताएको छ। शान्ति नेपालीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले सहयोग सकंलन अभियान चलाएका छौँ, जिटिभि नेपाल अनलाईनका अध्यक्ष दिपक नेपालीले भने, सबैलाई सक्दो सहयोग गरी उहाँको जीवन रक्षा गरिदिनुहुन अपिल गर्दछु। उनलाई सहयोग गर्न दिपक नेपाली ९८६७७४८९७१ मा सम्पर्क गर्न पनि नेपालीले अनुरोध गरेका छन्।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










