गुल्मीः गुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ।
शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै मालिका गाउँकार्यपालिकाको कार्यालय सङ्ग मिल्दोजुल्दो ‘मालिका गाउँपालिका, गुल्मी’ नामक फेसबुक गुर्प सञ्चालन गरि सरकारी लोगो अनाधिकृत रुपले प्रयोग गरेको भन्दै गाउँपालिकाले त्यस्ता गुर्प बन्द गर्न आग्रह गरेको हो।
गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ,“जनतालाई भ्रमित पार्ने विभिन्न झुट्टा तथा तथ्यहिन सामाग्रीहरु प्रचारप्रसार गरिएका कारण गुर्प बन्द गर्न अनुरोध गरिको सूचनामा उल्लेख गरिएको छ।”
पहिलो चरणमा गुर्प बन्द गर्न सूचना मार्फत आग्रह गरिएको अन्यथा अटेरी गरे कानुन बमोजिम कारबाहीको लागी अगाडि बढ्ने अध्यक्ष अर्यालले बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







