Salime Malika Krishi Farm

Awareness Campaign

विद्युत, खानेपानी र सञ्चारविहिन भएर बित्यो गुल्मीवासीको दशैँ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका, चुँदरीगाउँ स्थित मुसलधारे पानी परिरहेको बेला हिलोमा चिप्लोमा घर्सिदै एक आम्खरा पानी माग्न छिमेकीको घरमा आइपुगेका थिए ८१ वर्षीय वृद्ध ताराबहादुर सुनार। टिठो उमेरका मानिस त बाहिर निस्कन नसक्ने अवस्था भइरहेको बेला पानी तिर्खाले ओठमुख सुकाउँदै एका बिहानै लौराको सहारामा आई पुगेका उनी भन्दै थिए ‘धारामा पानी नआएको पाँच दिन भयो बाय, एक आम्खरा पानी देउन।’

अविरल वर्षाका कारण खानेपानीको मुहान र पाईपहरु पहिरोले बगाउने पुर्ने गरे पछि त्यस वडावासी पाँच दिनदेखि खानेपानी , बाटोघाटो पहिरोले बगाएर ब्याकुल छन् । गोाका गाई भैसीहरु भोक प्यासले कराई रहेको सुनिन्थ्यो । कतिपय परिवार आफ्नो घरदेखि पारी गोठसम्म जान नसक्ने अवस्था थियो । पहिरोमा घर्सिदै र माथिबाट ढुङ्गा खस्ने त्रासले इस्वरको नाम पुकार्दै ज्यान हत्केलामा राखेर मानिसहर वारी–पारी गरिरहेका थिए ।

पेंगा खिल्दी गाउँकी पार्वती बिकको परिवार पहिरोले घर तानेर विस्थापित छन् । विद्युतका पोलहरु ढलेर बत्ति नआई अँध्यारोमै बस्नु परेको र मोवाइलहरु स्वीच भएर सञ्चारविहिन बन्नु परेको पनि त्यति नै दिन भइसक्यो । मोटरबाटोमा गाडी चल्नु त परै जाओवस मुसिकोट –२ को देउरालीदेखि खस्थोक अमराई चौर भराह सेनीपिप्ले जलुके खील्दी रातडाँडा सम्म पैदल हिडन समेत सकिने अवस्था छैन।

सिंचाई
Forest
Ad.

कतै सुत्केरी, कतै अन्य बिमारीलाई स्टिचरमा बोकेका दृश्य समेत बाटोमा देखिन्थ्यो । देउराली, मैदान ठ्लोपोखरा धरमपानी पेगाको मुख्य सडकको अवस्था पनि उस्तै छ । ठाउँ–ठाउँमा रुख र विद्युतको पोलहरु ढलेर बेहाल छ । चार पाँच दिनदेखि त्यस्तो अवस्था हुँदा पनि मर्मत सम्भारमा स्थानीय सरकारको एक जना प्रतिनिधि देखिदैनथे ।

तल छल्दी र पनाहखोला उर्लेको छ । मोटरबाटो पहिरोले पुरेर पाईला टेक्ने ठाउँ थिएन । तै पनि मानिसहरुले इस्वर पुकार्दै घर्सिदै वारी पारी गरिरहेको दृश्य डर लाग्दो थियो । उत्तर गुल्मी र बाग्लुङ सम्मका हजारौं जनताको मुख्य सडक हो त्यो । नेटा दर्लिङ्गदेखि मानिसहरु ज्यान हत्केलामा राखेर आउँदै थिए । रातडाँडा ईन्द्रगौडा सडकमा पैदल यात्रा समेत जोखिमपूर्ण थियो।

इन्द्रगौडातर्फबाट हिँडेर आउँदै गरेका साईन रेसुङ्गा बिकास बैंकका क्षेत्रिय प्रवन्धक कृष्ण प्रसाद भण्डारी पनाहको पुलमा आई पुग्दा अब त बाँचियो कि जस्तो लागेको बताउँदै थिए । रातचौरमा जन्तीहरुको जिप पाँच दिनदेखि यता न उता थियो । रातचौरको पहिरो पार गरे पछि मात्र मोटर चल्ने बाटो छ।

त्यहाँबाट जिपको पछाडि डिकीमा थचक्क बसेर यात्रा गरिरहेका मदाने गाउँपालिकाका निर्वतमान अध्यक्ष दानबहादुर केसी तम्घासतर्फ लागे लगत्तै इस्मा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष त्रम्घास आउने गाडी खोज्दै थिइन् । केहि बेर पछि उनी र यसै समाचारदाता समेत जिपको पछाडि डिकीमा बसेर तम्घासतर्फ लाग्यो।

Awareness by SKF

रातडाँडादेखि उताका दशैं यात्रीहरुबाट मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरु बवरुद्ध आलोचना सुन्न परिरहेको थियो भने त्यस यता इस्मा गाउँपालिकाका जनप्रतिनिधीहरुको बवरोध भईरहेको थियो । इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काको ध्यानकृष्ट गराउँदा अविरल बर्षाले छिनेका सबै प्रकारका अभावहरु पुरानै स्थितीमा फर्काउन आफुहरुले कुनै कमी नराखेको दाबी गर्दै थिए । उनले रातचौरबाट अर्खले हुँदै तम्घासतर्फको वैकल्पिक मार्ग खोल्न आजैदेखि सुरु गर्ने बताए । मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेलसँग सम्पर्क राख्न खोज्दा फोन उठेन ।

कतिबेला तम्घास आई पुगिएला र मोवाईल चार्ज गरौंला भन्ने सोचिरहेका यात्रीहरु तम्घास आउँदा त्यहीका वासीन्दा नै मोबाइल चार्ज गर्न नपाएको पाँच दिन भई सक्यो भन्दै गरेको सुनेका थिए । सदरमुकाम तम्घास गुल्मी क्षेत्र नम्बर १ र २ संग चिरिएको छ अहिले । १ तर्फ बत्ति थियो भने २ तर्फका मानिसहरु पाँच दिन देखि अँध्यरामा थिए ।

तम्घास अर्घाखाँची सडक छेउँको ट्रान्सफर्मर पट्किटएर बिद्युत अवरुद्ध भएको स्ुचना पाउन साथ दिनै भरी विद्युत गुल्मी वितरण केन्द्रको पुरै जनशक्ती बोलाएर रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी राति अबेरसम्म सोही सथानमा खटिएका थिए ।

नभन्दै राति १० बजेपछि गुल्मी २ तर्फको तम्घास बजार झिलीमिली भयो । नसुतेका मानिसहरु खुशीले चिच्चाउँदै थिए । केहि बेरपछि ईन्टरनेटको सुविधा प्राप्त भयो । त्यस पछि फेशबुकमा रेसुङ्गा नगरपालिकालाई धन्यवाद दिने क्रम सुरु भयो ।

दुर्गाप्रसाद गौतम फेसबुक प्रयोगकर्ताले ‘बल्ल स्थानीय सरकार भएको अनुभुति ’ भनेर प्रतिकृया दिए । इस्मा गाउँपालिका २ हपुर्कोट घर भई जापानमा रहेकी संगिता कुँवरले हामी घरमा बोल्न नपाएको ५ दिन भयो भनेर लेखेकी छन् । सम्वभत उनको जवाफमा इस्मा गाउँपालिकाका लेखा अधिकृत अशोक खड्का लेख्छन् ‘यताको विद्युत छिटोमा दुई तीन दिनमा सु्चारु हुने सम्भावना छ।’ उता मदाने र मालिका गाउँपालिकाका जनता थप अस्त ब्यस्त छन् । यो समाचार लेख्ने बेला सम्म गुल्मी २ तर्फको रेसुङ्गा नगरपालिका बाहेकका जनताले आ–आफ्ना पालिकाका जनप्रतिनिधीहरुको आलोचना गरिरहेकै अवस्था छ ।

तर पनि जनप्रतिनिधिहरु मर्मत सम्भारमा खटिएकै पाइएको छ । आज मनोनयन दर्ता भएकोले सबै पार्टीका नेता जनप्रतिनिधीहरु तम्घासमा छन् । उनिहरुको फोन उठ्न सकिरहेको छैन । उता जनता सञ्चारविहिन छन् । गर्भवती , सुत्केरी महिला र बिरामीहरु अस्पताल सम्म पुराउन र खानेपानीको अभाव भएका स्थानहरुमो पालिकाहरुले बिशेष घुम्ती सेवा प्रवाह गर्न जरुरी देखिएको छ । उता गुल्मी १ को बढिगाडखोलापारका पालिकाहरुको जनजिवन पनि अविरल वर्षाले प्रभावित पारेको छ ।

चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री केसीसंग सम्पर्क राख्दा उनले दुई दिन सम्मको प्रयासबाट वडा तह सम्मको मोटरबाटाहरु सुचारु गर्न सकिएको , आंशिक रुपमा विद्युत सुचारु भएको तर नेपाल टेलिकमको वेवास्ताका कारण मोवाईल फोनको समस्या पर्दै आएकोतर्फ सञ्चार माध्यमले पनि ध्यान आकृष्ट गराई दिनु पर्नेमा जोड दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया