सूर्य सुनार, गुल्मी: हिन्दुहरुको महान चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ। दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो। चहलपल बढे पनि विगतको वर्षमा जस्तो व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन्।
काम बिशेषले शहर र रोजगारिको लागि बिदेशीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु पनि यतिबेला चहलपहल बढेको छ । “चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने” मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो।
दशैं मनाउन तथा किनमेल गर्न आउनेहरुको भिडले गुल्मीको सदरमुकाम तम्घासमा पनि भिडभाड बढेको छ । तम्घास बजारका बिभिन्न पसलहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ । चाडपर्व सँगै किनमेल गर्न आउनेहरुले गर्दा तम्घास बजारका बिभिन्न व्यासायीहरु खुसी छन् । तर विगतको वर्षमा जस्तो यस वर्ष चहलपल भए पनि व्यापार कम भएको व्यवसायीहरुले गुनासो गरेका छन्।
दशैंले विद्यालयहरु पनि बन्द भएकाले ग्रामीण सडकमा यात्रुको चाप बढेको छ । चाडपर्व मनाउन लामो समयसम्म देश तथा प्रदेशमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढन थालेको हो।
दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ । वर्षातको पानीले बिग्रिएका सडकहरु मर्मत गर्नाले यात्रुहरुलाई सहजरुपमा गनतब्यमा पुग्न सजिलो हुनेछ।
चडपर्वलाई लक्षित गरेर जिल्लामा ५ ठाउँ यात्रु सहायता कक्ष पनि स्थानपना भएका छन् । यात्रुहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले बसपार्क , जीपपार्क, रिडि, श्रृङ्गा र देउराली क्षेत्रमा यात्रु सहायता कक्षहरु रहेका छन्। यात्रुहरुलाई सुरक्षित तरिकाले गन्तव्यमा पुग्न सहजता ल्याउन सहायता कक्षले सहयोग गर्ने उदेश्य राखिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








