Salime Malika Krishi Farm

Awareness Campaign

रिडीको तीनमुखे झोलुङ्गे पुलको आकर्षण बढ्दो (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रमेश विश्वकर्मा, गुल्मी: कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थोलेको छ। गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीको काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुलमा चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो।

तीन जिल्लालाई जोड्ने गरी निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुलको निर्माण कार्य सकिएपछि अहिले दैनिकी आन्तरिक पर्यटकहरूको निकै नै चहलपहल बढेको छ । तीन मुखे झोलुङ्गे पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र स्याङ्जाको काली गण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङलाई जोडेको छ । यो पुल अवलोकन गर्न र यसमा सवार गर्नका लागि धेरै ठाउँबाट मानिसहरू आउने गरेका छन्।


नेपालकै चार धाम मध्यको एक धाम भनेर चिनिने रुरु क्षेत्रमा तीनमुखे पुलको निर्माण भएपछि यो ठाउँ अहिले निकै रमणीय बनेको छ । पुल निर्माण भएसँगै धार्मिक पर्यटकमा मात्र नभएर अन्य पर्यटकहरूको पनि आकर्षण बढिरहेको स्थानीयहरुले बताएका छन्। त्यति मात्र होइन पाल्पाको तानसेन नगरपालिका–१४ र स्याङ्जाको काल गण्डकी गाउँपालिका–१ का स्थानीयको मुख्य बजार रिडी भएकाले यो पुल निर्माण भइसकेपछि जोखिम मोलेर बजार गर्न आउनुपर्ने बाध्यता अन्त्य भएको काल गण्डकी गाउँपालिका–१ स्याङ्जाका अमरप्रसाद कोइरालाले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

तीन जिल्लामा जानको लागि कालीगण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाई भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्यु टावर, बीचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ । निर्माण व्यवसायी करनजीत बर्माका अनुसार झन्डै नौ करोड ८८ लाख लागतमा ८ वर्षको समयावधिमा यो पुलको निर्माणकार्य सम्पन्न भएको हो । उक्त पुल अहिले उद्घाटनको प्रतीक्षामा छ । यो एसियाको पहिलो तीनमुखे झोलुङ्गे पुल नमुनाको रूपमा रहेको निर्माणको जिम्मा पाएको नयाँ बाटो रुविना मना जेभी कम्पनीले जनाएको छ।

काली गण्डकी नदीको बीचमा ९ मिटर रनिङ गोलाई भएको स्तम्भ निर्माण गरिएको छ । पुलमा २५ मिटर उचाइको भ्यु टावर, बिचमा निर्माण भएको स्तम्भबाट तीन जिल्लासम्म पुग्न तीनैतर्फ १ सय ७७ मिटर लामो झोलुङ्गे पुलको निर्माण भएको छ।

पुलको निर्माणको लागि २०७१ मङ्सिर १५ गते नेपाली काँग्रेसका नेता एवम् संविधान सभा सदस्य डा.चन्द्र भण्डारी र नेपाल सरकारका तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले शिलान्यास गर्नुभएको थियो । आफूहरूको पहलमा बनेको एसियाको नमुना तीन मुखे पुलमा दीर्घकालीन समयको लागि पर्यटक आकर्षक गरिरहने सोचमा लागेको नेपाली काँग्रेसका नेता भण्डारीले बताउनुभयो।

“एसिया महादेशमा पहिलो पटक हामीले नमुना तिन मुखे पुल बनाएका छौँ ।” उहाँले भन्नुभयो, “नमुना पुललाई अझै नमुना बनाउने सोचले इन्जिनियरको समूहसहित पुलमा हुने सम्भावित सम्भावानाहरुलाई खोजिरहेका हौँ।” पुल निर्माणमा आफ्नो मात्र नभएर तत्कालीन मुख्य सचिव लीलामणि पौडेलको पनि योगदान रहेको उहाँले बताउनुभयो। -गोरखापत्र

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया