मुसिकोट: समाजसेवी लिल बहादुर थापा गुल्मी आउनुभएको छ। केही समय अगाडी नेपाल आउनुभएका उहाँ गुल्मी जिल्ला र यस क्षेत्रमा यसअगाडी आफुले सहयोग गर्नुभएका व्यक्तिहरुलाई भेट्न गुल्मी आउनुभएको हो।
बिहिवार थापालाई गुल्मीको मुसिकोटमा भव्य स्वागत गरिएको छ । मुसिकोट २ मा रहेको प्रगतिशिल आमा समुहले थापाको स्वागतमा नाचगान सहित फुल माला र दोसल्ला र सम्मान पत्र तथा भजनकृतन सहित सम्मान गरेको हो । त्यस्तै रेडियो पुष्पाञ्जलीले पनि समाजसेवी थापाले पुर्याएको योगदानको कदर कर्दै गुल्मीमा औपचारिक स्वागत गरेको छ।
समाजसेवी थापाले आज नै गुल्मीका मुसिकोट नगरपालिकाका एक परिवारलाई दशैँका लागि खाद्यान्न तथा नगद सहयोग गर्नुभएको छ। मुसिकोट नगरपालिका वडा नं ३ का उमे कुमाल लामाको परिवारलाई सहयोग गर्नुभएको हो।

यसभन्दा अगाडी उहाँका छोरा आर्थिक अभावका कारण उपचार नपाएर विस्तारामै थलिएका थिए । उहाँको उपचारका लािग समेत समाजसेवी थापाले नगद १ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो।
उहाँकै परिवारमा साढे १५ हजार बराबरको खाद्यान्न तथा ५ हजार नगद हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम ग्रहण गर्दै रानाले आफुलाई दशैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको बेला सहयोग गरेको भन्दै सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो।
सहयोग हस्तान्तरण कार्यक्रममा उक्त परिवारको अवस्थाको बारेमा भिडियो सामाग्री प्रशारण गरेर वास्तविकता बाहिर ल्याउने जिटिभि नेपालका सञ्चालक दिपक नेपाली, पत्रकार कौरव खत्री, प्रकाश घिमिरे, सागर भण्डारी लगायतको उपस्थिति रहेको थियो। -नव खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










