Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मी जिल्लाका प्रहरी उपरीक्षक अर्जुन रानाभाटाले गुल्मीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कडा बनाएको बताएका छन्।

केही दिन पहिले गुल्मी जिल्लामा काज सरुवा भई आउनुभएका रानाभाटले जिल्ला स्थित पत्रकारहरु संगको भेटघाट कार्यक्रममा चाडपर्व लक्षित सुरक्षा ब्यबस्थालाई कडा बनाएको जानकारी दिए।चाडपर्वको समयमा मदिरा सेवन गरी होहल्ला गर्ने झगडा गर्ने र सवारी दुर्घटना बढी हुन सक्ने भएकाले प्रहरीले सोही अनुसार योजना बनाई निगरानी बढाएको बताएका छन्

आफू जिल्लामा रहुन्जेल जिल्लाको सुरक्षा ब्यबस्थालाई चुस्त दुरुस्त बनाई जनताको जनधनको सुरक्षा र नागरिकले प्रहरीको अनुभूती गर्ने गरी काम गर्ने बताए

सिंचाई
Forest
Ad.

चाडपर्वको समयमा मदिरा सेवन गरी सवारी चलाउने , क्षमता भन्दा बढी यात्रुहरु बोक्ने सवारी चालकहरुलाई निगरानीमा राखी कारवाही गर्ने गरी आफूले ट्राफिक प्रहरी र प्रहरी युनिटहरुलाई निर्देशन दिएको पनि दाबी गरे

चाडपर्वलाई लक्षित गर्दै जिल्लाका तीन स्थानहरुमा यात्रु सहायता कक्षा स्थापना गरेको उनले जानकारी दिए । जिल्लाको रुरक्षेत्र गाउँपालिकाको रिडी, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुंगामा यात्रु सहायता कक्ष स्थापना गरिएको हो

चाडपर्वको समयमा यात्रुहरुलाई समस्या पर्न सक्ने भन्दै यात्रु सहयाता कक्षको स्थापना गरिएको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए

भेटघाट कार्यक्रममा जिल्ला स्थित पत्रकारहरुले जिल्लाको अवस्था र सुधारका पक्षका बारेमा सुझाव समेत दिएका थिए। -प्रतिक खबर।।।।।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया