Smoking Causes Cancer

बुटवलबाट छुटेको जिप पाल्पामा दुर्घटना हुँदा ५ जना घाइते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बुटवल: पाल्पाको रैनादेवी छहरा-४ मा गएराति जिप दुर्घटनामा परी ५ जना घाइते भएका छन्।

बुटवलबाट यात्रु लिएर जुठापौवा जादै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधिन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी विरेन्द्र थापाले जानकारी दिए‌। जिपमा १० जना यात्रु रहेको र घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताइएको छ।

राति १२ बजे बुटवलबाट जुठापौवाको लागि हिडेको जिप के कारणले दुर्घटना भयो भन्ने बारे खुलेको छैन। घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि पठाइएको छ। -ग्लोबल आवाज

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया