गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिका भित्रका वडाहरुमा रहेका पसलहरुमा अनुगमन सञ्चालन गरेको छ।
उपभोक्ताकाे हितमा सचेत हुदै गाउँपालिकाले बजार अनुगमन सञ्चालन गरेको हाे। गाउँपालिका पशु शाखा प्रमुख तुल्सी थापाको नेतृत्वमा गाउँपालिकाका अन्य कर्मचारी, पत्रकार, प्रहरी र नगरप्रहरिकाे समुहले गाउँपालिकाका ६ वटै वडामा बजार अनुगमन सञ्चालन गरेको हाे।
बजार अनुगमनको क्रममा अधिकांश पसलहरुमा म्याद गएको सामान भेटिएको छ। र केही पसलहरुमा साईनबाेरड नभएको, मुल्यसुचि नभएको, व्यावसाय नविकरण नगरेको, बिक्री गर्दा बिल नदिएको, खरिद बिल नभएको, हाेटलमा सरसफाई नगरेको र दर्ता नगरिकन व्यावसाय सञ्चालन गरेको पाईएकाे अनुगमन टाेलिका प्रमुख तुल्सी थापाले बताएका छन।
पहिलो चरणमा सुझाव दिने र सचेतना जगाउने हिसाबले बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता पार्बती कुवँरले बताईन । सबै व्यावसायिलाई सुझाव दिने र उपभोक्तालाई समेत सचेत गराउँने हिसाबले बजार अनुगमन अभियानका रुपमा अगाडि बढाईएकाे अनुगमन समिति संयाेजक समेत रहेकी उपाध्यक्ष कुवँरले जानकारी दिएकि छन।
व्यावसायिले कालाबजारी गरेको जानकारी पाएमा गाउँपालिकामा खबर गरेमा त्यस्ता व्यावसायिलाई गाउँपालिकाले कानुनी कार्वाही गर्ने प्रमुख प्रशासकिय अधिकृत धनिस्वर पाैड्यालले बताए।
गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले बजार अनुगमनका क्रममा पहिलो चरणमा दिएको सुझाव पालन गरे वा नगरेको र सचेत भए वा नभएको अनुगमन टाेलिले यसलाई अगाडि बढाएको र सबै व्यावसायि र उपभोक्त सचेत बन्न उनले आग्रह गरेका छन। -सेतोमसीबाट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








