Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा २१७ जना विद्यार्थीलाई निःशुल्क स्कुल ब्याग वितरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विवश विष्ट, गुल्मी: जिल्लाको एक विद्यालयमा नि:शुल्क स्कुल ब्याग वितरण गरिएको छ। जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्गमा अवस्थित श्री ओख्लेदह आधारभुत विद्यालयमा स्कुल ब्याग नि:शुल्क रुपमा वितरण गरिएको हो। विद्यालयका २१७ जना विद्यार्थीले नि: शुल्क विद्यालय पाएका छन्। यो सँगै विद्यार्थी सँगै अभिभावक खुसि भएका छन।

नेपाल हेल्प नामक संस्थाले सहयोग प्रदान गरेपश्चात सोमबार विद्यालयमा विद्यार्थीहरुलाई ब्याग वितरण गरिएको हो । नेपाल हेल्प नामक संस्थाका प्रतिनिधि तथा मधाने सामुदायिक स्वास्थ्य केन्द्रका इन्चार्ज यमलाल भुषाल, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बिष्ट, वडा सदस्य भगत चन्द, लगायतका व्यक्तिहरुको उपस्थितमा विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको छ।

श्री ओख्लेदह आधारभुत विद्यालयलाई यस संस्थाले यस अघि पनि थुप्रै सामाग्री सँगै सहयोग प्रदान गरिसकेको छ । विद्यालय रंगरोगन देखि लिएर यसै संस्थाले प्रदान गरेको कपि पेन्सिल लगायतका स्टेसनरी सामाग्री सहयोग गरेपश्चात यहाँका विद्यार्थीहरुले नि:शुल्क कपि, पेन्सिल लगायतका स्टेसनरी सामाग्री पाउदै आएका छन। यो सहयोग प्रति नेपाल हेल्प नामक संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले यस विद्यालयलाई मदानेको मात्र नभई जिल्ला कै उत्कृष्ट बनाउने गरि अघि बढेको बताउनु भएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया