Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको वामीटक्सार बजारमा चाडपर्व लक्षित अनुगमन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: दशैँ, तिहार जस्ता चाडपर्वमा उपभोक्ताहरु ठगिने गुनासोकाबीच मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा रहेका पसल व्यवसायहरुको अनुगमन गरिएको छ।

जिल्ला प्रशाशन कार्यालय गुल्मी र मुसिकोट नगरपालिकाको सयोंजनमा नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन गरेको हो।

चाडपर्वको मौकामा उपभोक्ता ठगिएको गुनासो आएपछि प्रशाशनले जिल्ला भित्रका मुख्य बजारहरुमा अनुगमनलाई तीब्रता दिएको जिल्ला प्रशाशन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

झण्डै १३ वटा पसलमा अनुगमन गर्दा पसलमा मूल्य सुची नभएको,कम तौलका ढकहरु राखेको,बिल दिने पक्रिया नरहेको र सानबोर्ड राख्ने नगरेको तथा कतिपय पसलहरु दर्ता बिनै सञ्चालनमा रहेको पाईएको छ । अघिल्लो वर्षहरुका अनुगमनमा अधिकाशं पसलहरुमा म्याद गुज्रेका सामानहरु पाईने गरेपनि यसवर्ष भने थोरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका छन् भने अखाद्य सामाग्रीहरु कमै पसलमा भेटिएका छन्।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विमाग लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थिो । सो टोलीले खाद्यान्न, मासु, तरकारी, लगायतका विभिन्न बजार/पसलहरुको अनुमगन गरेको हो। अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्रीहरुलाई नगरपालिकाले नष्ट गर्ने बताईएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार व्यापारीहरुलाई म्याद नाघेका वस्तुहरुलाई अलग्गै राख्न, दर्ता गरेर व्यवसाय गर्न र उपभोक्ताहरुको जनस्वास्थ्यमा ख्याल गरी नीति नियममा रहेर व्यापार गर्न सुझाव दिईएको छ । प्रशासनले असौज ४ गतदेखि नै जिल्लाका विभिन्न ठाउँहरुमा अनुगमन गरिरहेको र छठ पर्वसम्मै यो कार्यक्रम निरन्तर रहने उहाँको भनाई छ।

Awareness by SKF

बजार अनुगमनलाई अब मुसिकोट नगरपालिकाले निरन्तर रुपमा सञ्चालन गर्ने बताईएको छ । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी सहित, मुसिकोट नगरउपप्रमुख गगां श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय गुल्मीका अनुसन्धान अधिकृत खिमानन्द पोखरेल, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया