Smoking Causes Cancer

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।

बागलुङको जैमिनी नगरपालिका-७, जैदीका ४३ वर्षिय ज्ञान बहादुर रानाको अरिङ्गालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो।

रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते हुनुभएका स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्काइएको र आज बिहान घरमै उहाँको मृत्यु भएकोे प्रहरीको भनाई छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया