Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट-३ मा सहकारी सुपथ पसल तथा कोशेली घर संचालनमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सूर्य सुनार, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका ३ मैदानमा साना किसान कृषि सहकारी संस्था लि. वडागाउँद्वारा संचालित सुपथ तथा कोशेली घरको सोमबार उद्घाटन गरिएको छ। मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले एक कार्यक्रमका बिच कोशेली घरको उद्घघाटन गरेका हुन।

कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३ र ४ का सेवाग्राहीले सेवा लिने हुँदा कृषकलाई सहज हुने बताए। वडा कार्यालय संगै सिङ्गो नगरपालिका कृषकको साथमा रहेको बताउँदै कृषकले उत्पादन गरेका बस्तु कोशेली घरबाट बिक्री हुने बताए। साना किसान सहकारीमा आबद्ध कृषकलाई थप आवश्यक तालिम तथा कृषि कार्यक्रम नगर तथा प्रदेश बाट ल्याउन आफुले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने वडा अध्यक्ष रायमाझीले बताए । आफूले निर्वाचनमा जनताको बिचमा गएर बोलेको कुरालाई काम गरेर देखाउने दावी समेत वडाध्यक्ष रामयमाझीले दावी गरे।

साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक विबेकप्रेमी मगरले सुपथ तथा कोशेली घर विशेष गरी कृषकलाई लक्षित गरि संचालन ल्याएको बताए । कृषकहरुले उत्पादन गरेका तरकारी,फलफूल तथा हस्तसामग्री कोशेली घरले खरिद गर्ने उनले बताए । बजारको मुल्य भन्दा कम मुल्यमा बिक्री गरिने हुँदा सेवाग्राहीलाई फाइदा हुने प्रबन्धक मगरले बताए । मुसिकोट नगरपालिकाबाट आर्थिक बर्ष २०७७/७८ मा १० लाख र १ लाखको जनश्रमदान र ५ लाख बराबरको भौतिक संरचनालाई बढाएर १६ लाखमा कोशेली घर निर्माण गरिएको बताए।

सिंचाई
Forest
Ad.

मुसिकोट ३ मैदान बजारमा कोशेली घरको शुभारम्भ भए संगै त्यहाँका स्थानीयलाई कृषि उपज बस्तु बिक्री वितरण गर्न सहज मिलेको छ । उद्धघाटन गर्नु मात्र ठूलो कुरा नभइ यसलाई दिगो रुपमा संचालनमा ल्याउनुपर्ने स्थानीय समाजसेवीहरुले धारणा व्यक्त गरेका छन्।

अहिले कोशेली घरमा कृषकले उत्पादन गरेका हरिया, कोदाली, डोका नम्ला, डाला, लगायतका सामग्री राखिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया