Clean Water Campaign

Awareness Campaign

२० करोड बढीको लागतमा रेसुङ्गा सभाहल बन्ने, पुर्वमन्त्री रामकुमारी झाँक्रीद्वारा शिलान्यास



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: रेसुङा सभाहलको शिलान्यास गरिएको छ। शुक्रबार पुर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सभाहलको शिलान्यास गरेकी हुन्। शिलान्यास कार्यक्रममा बोल्दै झाँक्रीले अब प्रशासनले निर्माण व्यावसायीलाई बोलाएर योजनाको काममा गति दिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइन्। उनले ठेक्का हात पारेर काम नगर्दा थुप्रै योजना अलपत्र परेकाले अब निर्माण व्यावसायी विरुद्ध नराम्रो बन्नुपर्ने अबस्था रहेको बताइन् ।

झाँक्रीले शिलान्यास महत्वपूर्ण नभएर निर्माण र उपयोगिता खोज्न आग्रह गरिन। यो हलले अर्थिक गतिविधिमा प्रभाव पार्नुपर्ने बताउँदै बाहिरबाट कर्मचारी र पर्यटक गुल्मी आउन लालयित बनाउने गरेर काम गर्ने झाक्रीले प्रतिबद्धता जनाइन । सभाहल भ्याट र कन्टेन्जेन्सी सहित २० करोड ४२ लाख ९७ हजार एक सय ९६ रुपैयाँमा निर्माण हुदैछ । जसका लागि गत १२ जेठमा बोलपत्र आव्हान भएको थियो । पाँच वटा मध्ये तीन वटा फर्म प्राबिधिक प्रस्तावमा सफल भएको शहरी बिकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीका आयोजना प्रमुख रमेश थिङले जानकारी दिए ।

दुई तले, भुकम्प प्रतिरोधी, भिआइपी रुम, आगो र भुकम्प प्रतिरोधात्मक, फाउन्टेन, गार्डेन र पार्किङ सुबिधासहितको दुई वटा हलसहितको आधुनिक सभाहल हुनेछ । एकातिर एक सय आठ जनाको बहुउद्देश्यीय र चार सय ३२ जनाको क्षमतासहितको मुख्य हल अर्कोतर्फ निर्माण हुने थिङले बताए ।

सिंचाई
Forest
Ad.

निर्माण व्यावसायीले सम्झौता गरेको दुई बर्षमा सभाहल निर्माण हुने आयोजना कार्यान्वष्न गर्ने कार्यालयले जनाएको छ । रेसुंगा नगरपालिकामा मेयर खिलध्वज पन्थीले जनताको जीवनमा समृद्धि ल्याउन हलले महत्वपूर्ण सहयोग गर्ने भएकाले छिटो काम गर्न सबैको दबाब आवश्यक रहेको बताए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङगाल, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल लगायतकाले आफ्नो मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया