Salime Malika Krishi Farm

Awareness Campaign

विपन्नहरु संग चाडपर्व मनाउन समाजसेवी थापा आए अमेरिका देखि नेपाल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाण्डौ: समाजसेवी लिल बहादुर थापा नेपाल आउनुभएको छ। झण्डै ५ वर्ष अमेरिका बसाईपछि उहाँ शनिवार नेपाल आउनुभएको हो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मी तथा उहाँको आफन्तले थापाको स्वागत गरेका हुन्।

झण्डै साढे २ महिना नेपाल बसाईको क्रममा उहाँले देशभर यसभन्दा अगाडी आफुले सहयोग गरेका दुःखी पिडित तथा विपन्न नागरिकको घरदैलोमा पुग्नुहुनेछ। उहाँले यसवर्षको दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्व विपन्न नागरिकको घरदैलोमा मनाउने बताउनुभयो।

समाजसेवी थापाले शनिवारनै काठमाण्डौमा रहेका केही गरिब परिवारलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम रहेको जिटिभी नेपालका सञ्चालक दिपक नेपालीले बताउनुभयो।

सिंचाई
Forest
Ad.

बाँकेको खर्जुरा गाउँपालिका दिगाउँ घर भई लामो समयदेखि अमेरीकामा बस्दै आउनुभएका थापाले नेपालका विभिन्न ठाउँका दुखी पिडितहरुलाई आर्थिक सहायता प्रदान गर्दै आउनुभएको छ। उहाँले थुप्रै असहाय, आर्थिक अभावमा उपचार नपाएका तथा विपन्न नागरिकहरुलाई सहयोग गरिसक्नुभएको छ।

थापाकै सहयोगमा बागलुङको बडिगाड गाउँपालिकामा ओडारमा बसेका जुना दमाईको परिवारलाई घर निर्माण गरिदिदैहुनुहुन्छ। थापाले व्यक्तिगत सहयोगमा केही समय अगाडी घडेरी किनेर लालपुर्जा हस्तान्तरण गर्नुभएको थियो भने अहिले घर निर्माणको पक्रिया पनि अगाडी बढेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया