Hi-Speed Computer

Awareness Campaign

भाईको उपचार गर्ने पैसा नभएर दुबई गएका गुल्मीका भरतले जिते लक्की ड्रमा ३५ करोड



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: दुबईमा कार धुने काम गर्दै आएका गुल्मीका ३१ वर्षीय भरत विकले लक्की ड्रमा एक करोड दिराम (करिब ३४ करोड ६३ लाख नेपाली रुपैयाँ) जितेका छन्।

दुवईको प्रतिष्ठित सञ्चारमाध्यम ‘खालिज टाइम्स’ का अनुसार मासिक एक हजार तीन सय दिराम कमाइ गर्दै आएका भरतले ‘महजुज ड्र’ नाम दिइएको सो लक्की ड्र जितेका हुन्।

दुई सन्तानका पिता भरत तीन वर्षअघि दुवई आएका हुन्। ब्रेन ट्युमरबाट पीडित २५ वर्षीय कान्छो भाइको उपचारका लागि पैसाको अभाव भएपछि आफू कामका लागि दुबई आएको उनले बताए।

Forest
Forest
Ad.

उनका बुबा भारतमा ड्राइभरको काम गर्छन् । ‘मेरो भाइ भारतको नयाँ दिल्लीमा उपचार गराइरहेको छ,’ उनले भने, ‘एउटा शल्यक्रियाको क्रममा उसलाई पक्षाघात भयो र कान गुम्यो । यो पैसाले मलाई उसको राम्रो हेरचाह गर्न मद्दत गर्नेछ।’

भरत आफ्ना पाँच वर्षीय छोरा र तीन वर्षीया छोरीको भविष्य सुरक्षित गर्न उक्त रकम प्रयोग गर्न चाहन्छन्। उनले परिवारको बसोबासका निम्ति पनि सो रकम खर्चने प्रतिक्रिया दिए।

उनको दुबईमा बैंक खातासमेत छैन । महजुजका संचालक इविङ्सका सिइओ फरिद सामजीले बैंक खाता नभएकाले भरतलाई खाता खोल्न मद्यत गरिरहेको बताए । ‘हामी उसलाई बैंक खाता खोल्न मद्दत गर्ने प्रक्रियामा छौँ, ताकि हामीले पैसा स्थानान्तरण गर्न सकौँ,’ फरिदले भने।

अन्तिमपटक खेल्ने चाहनाले करोडपति बनायो

Awareness by SKF

दुबई आउनुअघि उनी वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब गएका थिए। दुबई आएपछि भने गत साढे दुई वर्षदेखि उनी महजुजका नियमित खेलाडी थिए । २७ सेप्टेम्बर २०१९ मा दुबई आएका भरत नेपाल फर्कने योजनामा थिए । तर, गत शनिबार अन्तिमपटक उनले लक्की ड्र खेल्ने निर्णय गरेका थिए।

‘पहिलो पटक दुबई आउँदा मेरो मनमा नेपाल फर्किनुअघि केही जित्छु भन्ने भावना थियो । यही विश्वासले उनलाई साप्ताहिक ड्रको प्रयास गर्न बाध्य बनायो,’ उनले भने, ‘त्यो बिहानको एक बजिसकेको थियो । अन्तिमपटक खेल्छु भन्ने सोचेर भाग लिएँ । मेरो लागि त्यो साँच्चै सपना साकार गर्ने समय थियो।’

उनले त्यही रात आफ्नो भाग्य बदलिएको चाल पाए। गत शनिबार राति ९ बजे का सकेर भरत फर्कंदै थिए । फोन चेक गर्दा दुई वटा नम्बर मिलेको देखे । ‘मैले बाँकी ड्र लाइभ हेरेँ,’ उनले भने, ‘मेरा साथीहरू मसँगै थिए । प्रत्येक नम्बर मिल्दा उनीहरू उत्साहित भए। अन्तिम नम्बर मिलाउँदा उनीहरू हर्षोल्लास र खुसीले चिच्याए। त्यो रात म निदाउन सकिनँ।’

परिवारलाई सरप्राइज दिने चाहना

भरतले अब लगत्तै नेपाल फर्कने बताएका छन्। ‘अब सबै औपचारिकता पूरा गरेर नेपाल जान्छु,’ उनले भने, ‘मैले कति जितेको छु भनेर मेरो परिवारलाई भनेको छैन। मैले यो ड्र जितेको मात्रै भनेको छु । म घर फर्केर व्यक्तिगत रूपमा उनीहरूलाई आश्चर्यचकित गर्न पर्खिरहेको छु।’

उनले ठूलो धनराशि जिते पनि पछि दुबई फर्केर काम गर्ने चाहना व्यक्त गरेका छन्। ‘दुबई त्यो शहर हो जसले मलाई मेरो जीवनमा धेरै दिएको छ। म फर्केर यहाँ काम गर्न चाहन्छु। म महजूज खेल्न पनि चाहन्छु,’ उनले भावी योजना सुनाए। महजुजको शीर्ष पुरस्कार जित्ने भरत पहिलो प्रवासी नेपाली हुन्। -नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया