Salime Malika Krishi Farm

Awareness Campaign

चन्द्रकोट गाउँपालिकाको बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ। चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिव्रता दिएको जनाईएको छ।

गाउँपालिकाले मुख्य बजार क्षेत्र शान्तिपुर र मजुवा बजार क्षेत्रका बिभिन्न १६० वटा पसलहरुमा अनुगमन गरेको छ । पहिलो चरणमा व्यावसायीक पसलहरुलाई कानुन बमोजिम दर्ता प्रकृयामा ल्याउने तथा चाडपर्व लक्षित कालोबजारी तथा म्याद नाघेका खाद्य तथा पेय पदार्थको बिक्रि वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तिव्रता दिएको चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए।

असौज ४ र ५ गते दुई दिन लगाएर चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसि, उपाध्यक्ष, बिस्णु प्रसाद भण्डारी, उद्योग बाणिज्य संघका प्रतिनिधि र सुरक्षा निकायका टोलिको संलग्नतामा बजार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा पसलहरुबाट म्याद गुज्रेका कुकिज, चाउचाउ, हर्लिक्स, मिठाई, भुजा, फ्रुटी, कोक, फेन्टा, सर्फ, औषधी, किटनाशक औषधी लगायत थुप्रै सामाग्रीहरु बरामद गरी नष्ट गरिएको थियो।

सिंचाई
Forest
Ad.

अनुगमनको क्रममा दर्ता नगरेका पसलहरुलाई तुरुन्त दर्ता गर्न र मुल्य सूची नराख्ने पसलहरुलाई राख्नको लागि अनुरोध गरिएको थियो । त्यस्तै पसलको बोर्ड नराख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्ने पसलहरुलाई पालन गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनको क्रममा पहिलो चरणमा व्यवसायीहरुलाई अभिमुखिकरण सहित सचेत गराउने, म्याद नाघेका खाद्य सामाग्रीहरु बरामद गरी नष्ठ गर्ने कार्य गरिएको अनुगमन समितिका सदस्य सचिव प्रकाश पन्थीले जानकारी दिए।

आगामी दिनमा चन्द्रकोट गाउँपालिकाका विभिन्न क्षेत्रहरु शिक्षा स्वास्थ्य कृषि पशु बजार लगाएताका क्षेत्रमा अनुगमनलाई तिब्रता दिदैँ जाने र नियमानुसार कानुनी कारबाही प्रकृया अगाडि बढाउने समेत चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुषालले बताए। -प्रतिक खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया