प्रेम सुनार, गुल्मी: गुल्मीको धार्मिक क्षेत्र विचित्र गुफाको संरक्षण र पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारबाट एक करोड रकम विनियोजन गरिएको छ।
प्रदेश सरकारको पर्यटन ग्रमिण तथा सहरी विकास मन्त्रालयबाट तत्कालाई एक करोड विनियोजन भएको र डिपिआरका लागि थप ९ करोड रुपैयाँ विनियोजन गर्ने मन्त्री डिल्लीबहदुर चौधरीले बुधबार निर्णय गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुनाराम घिमिरेले जानकारी दिए।
केहि दिन अघि लुम्बिनी प्रदेश सरकारको पर्यटन विकास परिषदको नेतृव्वमा पर्यटन पत्रकारहरुको टोली गुल्मीको रिडी, रेसुङ्गा, विचित्र गुफा सहित विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भाव्यता अध्यान गर्न आएको थियो। सोही टोलीको नेतृत्व गरिरहेका पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोसी सहितको टोली बुधवार मन्त्री चौधरीलाई अध्यान प्रतिवेदन पेश गर्न पुगेको थियो । त्यस बेला विचित्र गुफाको लागि तत्काल १ करोड र डिपिआरका लागि थप ९ करोड सहित १० करोडको योजना उपलब्ध गराउने मन्त्री चौथरीबाट निर्देशन भएको प्रेस संयोजक घिमिरेले बताए ।
त्यस टोली मै आएका पत्रकार यमलाल भुसालले विचित्र गुफाको विकासका लागि तत्काल एक करोड रकम पर्नुले अध्यान भ्रमण सफल रहेको महश्ुस भएको बताए। यता मन्त्री चौधरीको उक्त निर्णयले विचित्र गुफा संरक्षण समितिमा खुशीयाली छाएको समितिका अध्यक्ष युवराज भण्डारीले प्रतिकृया दिए।
उनले भने, ‘केहिदिन अघि एक टोली सम्भाव्यता अध्यानमा आएको र आफुहरुले विचित्र गुफाको पर्यटन विकासका लागि विभिन्न कुराहरु राखे अनुसार आज करोडौं रकम विनियोजन भएको सुन्दा हामीमा खुशीयाली छाएको छ र अब प्रदेश सरकार पनि विचित्र गुफाको विकासमा साझेदार बन्ने भयो भन्ने कुराले गर्व लागेको छ।’
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |