Awareness

मुसिकोटका ४७ मध्ये ४१ जनप्रतिनिधि कारबाहीमा‌: ६ महिना भित्र जरिवाना नबुझाए पद जाने

खबर राजनीतिका खबर स्थानीय निर्वाचन-२०७९

Place for ads

सागर भण्डारी, गुल्मी‌: वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित गुल्मीको मुसिकोट नगरपालिकाका ४७ जनप्रतिनिधि मध्ये ४१ जनप्रतिनिधि कारबाहीमा परेका छन्। निर्वाचन आगोगले शुक्रवार सार्वजनिक गरेको खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली मध्ये मुसिकोट नगरपालिकामा निर्वाचित ४१ जना जनप्रतिनिधिले समयमै खर्च विवरण नबुझाएको पाईएको हो।

निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार निर्वाचनको परिणाम सार्वजनिक भएको एक महिनाभित्र सम्बन्धित उम्मेदवार वा राजनैतिक दलले आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउनु पर्छ।

Get Vaccinated

खर्च विवरण नबुझाउँने जनप्रतिनिधिहरु कारबाहीमा परेका हुन् । खर्च विवरण नबुझाउनेको नाम सार्वजनिक गर्दै शुक्रवार निर्वाचन आयोगले जरिबाना पनि तोकेको छ । आयोगले सार्वजनिक गरेको नामावलीमा मुसिकोट नगरपालिकाका अधिकाशं पराजित उम्मेदवारले पनि निर्वाचन खर्च विवरण आयोगमा बुझाएका छैनन् ।

को-को परे कारबाहीमा?

निर्वाचित उम्मेदवार मध्य मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल (जीवन) र उपप्रमुख गंगा श्रेष्ठ सहित नगरपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु कारबाहीमा परेका छन्। मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे सहित महिला सदस्य प्रतिमा केसी,दलित महिला सदस्य कुशुम परियार, वडा सदस्य दान बहादुर केसी र विष्णुध्वज कारबाहीमा परेका छन्।

त्यस्तै वडा नं २ को वडाध्यक्ष पदमा निर्वाचित रविन्द्र केसी सहित वडा सदस्य देब बहादुर रायमाझी र राम बहादुर महत पनि कारबाहीमा परेका छन् । वडा नं ३ का वडाध्यक्ष शकंर रायमाझी,सदस्यहरु थम्मन बहादुर क्षेत्री,केशव सूर्यवशीं,वडा नं ४ का वडाध्यक्ष जुक्त छन्त्याल,सदस्यहरु लोक बहादुर कार्की,तुल बहादुर छन्त्याल,दलित महिला सदस्य तारा सुनार,महिला सदस्य माया कार्की रहेका छन्।

Awareness by SKF

वडा नं ५ का वडाध्यक्ष ऋषिश्वर अर्याल,सदस्यहरु राम प्रसाद अर्याल,पाराश्वर खराल,दलित महिला सदस्य पान कुमारी कामी,महिला सदस्य यमकला खराल,वडानं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का,वडासदस्यहरु हिरा बहादुर बिक,मान बहादुर पच्या मगर,महिला सदस्य धनकला गुरुङ र दलित मलिा सदस्य जमुना भताल,वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा,वडा सदस्यहरु लक्ष्मण प्रसाद खराल,टेक बहादुर कुमाल,महिला सदस्य अमृता श्रेष्ठ,दलित महिला सदस्य दिपा दमाई कारबाहीमा परेका छन्।

त्यस्तै वडा नं ८ का वडाध्यक्ष रमेश विश्वकर्मा सहित वडासदस्यहरु चन्द्र बहादुर घर्ती मगर,सावित्रा विक,सम्झाना कुँवर र दलित महिला सदस्य साविबा बिक तथा वडा नं ९ का वडाध्यक्ष भुमा गुरुङ सहित वडासदस्यहरु तारा प्रसाद कंडेल र बोम बहादुर खत्री पनि कारबाहीमा परेका छन् ।

कति तिर्नुपर्छ जरिवाना?

निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने उम्मेदवार मध्ये नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि ४ लाख ५० हजार, नगरपालिका अन्तर्गतका वडाअध्यक्ष, सदस्य,दलित महिला सदस्य र महिला सदस्यका लागि २ लाख जरिवाना तोकेको छ।

COVID-19

त्यस्तै निर्वाचन खर्च नबुझाएका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले ३ लाख ५० हजार र गाउँपालिकाका वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित महिला सदस्यले नगद रु १ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाउनु पर्नेछ। आयोगले गरेको निणर्यअनुसार जरिबाना नतिरे विजयी बनेका जनप्रतिनिधिको पद ६ महिनाभित्र स्वतः खारेज हुनेछ‌।

हेर्नुहोस् कारबाहीमा परेका सबै उम्मेदवारको नामावली:

Leave a Reply

Your email address will not be published. Required fields are marked *