Smoking Causes Cancer

गाउँकै ३ युवाहरू मिलेर आमाबाबुको मृत्युपछि बिचल्लीमा परेका मुसिकोटका बालकको घर मर्मत



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: आमाबाबु दुवैको मृत्युपछि अविभावकविहिन मुसिकोट नगरपालिका वडा नं. ५ धुमिका दुई बालकको गाउँकै तीन जना युवाहरु मिलेर घर मर्मत गरिदिएका छन।

मुसिकोट नगरपालिका वडा नं ५ मा जन्मेर रोजगारको सिलसिलामा जापानमा कार्यरत महेन्द्र कुमार अधिकारिबाट पैतिस हजार , मुसिकोट नगरपालिका वडा नं ५ आपॅंचौर हाल क्यानडा निवासी भुवन खरेलबाट पन्ध्र हजार र मुसिकोट नगरपालिका-५, धुमी हाल फिनल्यान्डमा कार्यरत बाबुराम अर्यालबाट पाँच हजार गरि कुल ५५ हजार जम्मा गरि उक्त घरको पालि निर्माण गरिदिएका हुन्।

बर्खाको समयमा पानी अत्याधिक पर्ने र सबै पानि घरभित्र पसेर बच्चाहरूलाई दुख दिएका कारण उक्त पालि निर्माण गर्न बिदेशमा रहेका आपॅंचौर युवाहरू सङ्ग आफुले पहल गरेको सोहि गाउँका समाजसेवि युवा सुरज भट्टराईले जानकारि दिनुभयो।

सिंचाई
Forest
Ad.

गतबर्ष माईतजाने क्रममा दुई बच्चाहरूकी आमा पार्वती सुनारको ईन्द्रेगौडा नजिक मुसिकोट नगरपालिका वडा नं ४ मा ट्र्याक्टर दुर्घटनामा परि मृत्यु भएको र श्रिमतीको मृत्युकै कारण श्रीमानले मानषिक सन्तुलन गुमाए र श्रीमतीको मृत्यु भएको २ महिनामै गोपाल सुनारले आफ्नो घरमै आत्महत्या गरेको स्थानियहरुले बताए। अहिले दुई बच्चाहरूको पालनपोषण आफ्नि ६६ बर्षिय हजुरआमाले गर्दै आईरहेकि छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया