सूर्य सुनार, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-३, मैदानमा खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले शुक्रबार तालाबन्दी गरेका छन्।
खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी योजना सुरु गर्दा साविकको बडागाउँ गाविस वडा नं.३ र ४ का उपभोक्ता समावेश गर्ने भनी १०७ घरधुरी बाट दुई हजारका दरले कूल २ लाख १४ हजार एकमुष्ठ रकम पूर्व कार्यसमितिलाई बुझाएको र पछि उक्त योजनामा ४ का स्थानीयहरु समावेश नभएको खोलापानी, धरपानी, मैदान लिफटिङ्ग खानेपानी उपभोक्ता समितिका सचिब राम बहादुर थापाले जानकारी दिए।
पूर्व कार्य समिति हुँदा उनीहरुले दिएको रकम नयाँ समितिलाई जानकारी नदिएको हुँदा रकम भुक्तानी गर्न नसकिएको थापाले बताए। बडागाउँका केही स्थानीयहरुले आफूले दिएको रकम कसरी भुक्तानी गर्नुपर्छ भन्ने कुराको थाहा नभएको भन्दै एक्कासी तालाबन्दी गर्नु भनेको दादागिरी शैलीमा उनीहरु प्रस्तुत भएको आरोप लगाए।
धेरै लामो संघर्षबाट लिफटिङ्ग खानेपानी लिन सफल भएको भन्दै, “मैदानका स्थानीय कमजोर छन् । जस्तो व्यवहार देखाए पनि हुन्छ, भनेर उनीहरुले कार्यालयमा आएर तालाबन्दी गरेको सचिव थापाको भनाई छ।
उता मुसिकोट ४ का स्थानीय शंकर सिहं ठकुरीलाई तालाबन्दी गर्नुको कारण के हो भनेर सोध्दा, “२०७२ सालमा खोलापानी, धरमपानी र मैदान लिफटिङ्ग खानेपानीमा समावेश हुने भनेपछि वडागाउँका १०७ घरधुरीले २ हजारको दरले २ लाख १४ हजार दिएको र पछि उनीहरुले नै पानी नपुग्ने भयो भनेर छुट्याइएको बताए। “त्यस पछि पानी पनि नखाने रकम कसरी दिने भर्ने भएपछि” पटक पटक उनीहरु संग रकम भुक्तानीको लागि ध्यानाकर्षण गराए पनि सुनुवाई नभएपछि तालाबन्दी गर्न बाध्य भएको ठकुरीले बताए।
वडागाउँका १०७ घरधुरीको रकम भुक्तानी नगरी अपमान गरेको भन्दै ५ दिन भित्र रकम भुक्तानी नगरे पुन चरणवद्धरुपमा अगाडी बढ्ने शंकर सिंह ठकुरीले बताए। उक्त लिफटिङ्गको खानेपानी नपुग्ने भएपछि अहिले उनीहरुले लोलाङदी योजना बाट खानेपानी खाइरहेका छन्।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |