Hi-Speed Computer

Awareness Campaign

शिक्षक सुत्केरी बिदामा रहँदा इस्मा गाउँपालिकाले स्वयंसेवक शिक्षक राख्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिकाले महिला शिक्षक सुत्केरी विदामा रहँदा पठनपाठन गर्न स्वयंसेवक शिक्षक राख्ने भएको छ।

शिक्षकहरू विदामा रहँदा सिकाइमा असर गरेको भन्दै कार्यपालिकाको बैठकले २३ जना शिक्षक स्वयंसेवक राख्ने निर्णय गरेको हो।

विद्यालयमा कुनै महिला शिक्षक सुत्केरी भएको समयमा अथवा कुनै शिक्षक कुनै कारणबस लामो बिदामा बसेकाे समयमा विद्यालयमा पठनपाठनमा समस्या नहाेस भनेर उक्त व्यवस्था गरिएको पालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन्।

Forest
Forest
Ad.

ती शिक्षक कर्मचारीलाई वडा अनुसार क्षेत्र ताेकेर पठाईने र खाली रहेको कक्षाकोठामा उनीहरूले अध्ययन गराउने उपाध्यक्ष कुँवरको भनाइ छ।

याे पहिलो वर्ष भएकोले याे परिक्षणकाे रुपमा पनि रहेको उपाध्यक्ष कुवरले बताएकी छन्। शिक्षकहरु १५ दिन भन्दा लामो समय सम्म बिदामा बस्दा वा परीक्षाको समयमा बिदामा बस्दा र अन्य कुनै बिदामा बस्दा विद्यालयको नियमित पढाइ प्रभावित नहोस भनेर यस्तो निर्णय गरिएको कुँवरले बताइन।

सुत्केरी बिदा बस्ने महिला शिक्षक तथा सुत्केरी स्याहार बिदामा बस्ने पुरुष शिक्षकलाई प्राथमिकता राखेर यो निर्णय गरेक र यो निर्णय कार्यविधि पास भएको समेत कुँवरले बताइन।

यसबाट विद्यालयमा शिक्षक अनुपस्थित भएका कारण पठनपाठन अवरुद्ध हुने समस्याको अन्त्य हुने पालिकाले जनाएको छ।

Awareness by SKF

कार्यपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र रहेका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बालशिक्षा गरि जम्मा ४७ वटा विद्यालयमा गाउँपालिकाले प्राथमिक तहशिक्षक १० जना, प्रारम्भिक बालविकास शिक्षक १० जना र विद्यालय सहायक ३ जना गरि २३ जना स्वयम् सेवक शिक्षक रहनेछन्।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया