Smoking Causes Cancer

गुल्मीमा भुस्याहा कुकुर व्यवस्थापन गर्न कुकुरको स्थायी बन्ध्याकरण गरिँदै



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरण अभियान सुरु गरिएको छ। भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रको प्राविधिक सहयोगमा रुरुक्षेत्र गाउँपालिकाले कुकुर बन्ध्याकरण अभियान थालेको हो।

पोथी कुकुरको बन्ध्याकरणले सामुदायिक कुकुरको संख्या नियन्त्रण र रेबिजलगायतका जुनोटिक रोगको प्रकोप रोकथाम हुने उद्देश्यले अभियान थालिएको हो। यसबाट कुकुरका कारण हुने सडक दुर्घटनामा कमी आउने अपेक्षा गरिएको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डाक्टर भरत काफ्लेले बताए।

शल्यक्रियाद्वारा कुकुरको स्थायी बन्ध्याकरण गर्न थालिएको छ। संगिनी सुई लगाएर अस्थायी बन्ध्याकरण गर्दा पाठेघर सुन्निने र पाठेघरमा पिप रहने सम्भावना हुन्छ। पाठेघरको क्यान्सरबाट कुकुरलाई बचाउन पनि स्थायी बन्ध्याकरण गरिएको काफ्लेले बताए। अहिले कम्तीमा ५० वटा कुकुरको बन्ध्याकरण गरिने कार्यालयले जनाएको छ।

सिंचाई
Forest
Ad.

कुकुर समूहमा अत्यधिक धेरै हुने, कृषकका घरघर गएर पशुचौपाया र मान्छेलाई समेत टोक्ने अवस्था आएपछि नियन्त्रण अभियान थालिएको गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताए। गाउँपालिकामा बजारक्षेत्रदेखि गाउँसम्म कुकुर आतंक रहेको छ। कैयौँ किसानका पशुचौपायालाई आक्रमण गरेर हैरान बनाएपछि स्थानीलयले कुकुर नियन्त्रणका लागि गाउँपालिकालाई निरन्तर दबाब दिँदै आएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया